न्यूज टुडे
महुली, १३ कार्तिक ।
‘झुम्का फुटबल क्लब झुम्का सुनसरी’ महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुरद्वारा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ घोघिदाहामा संचालित जनचेतना ४४ औं रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । जनचेतना माविको खेल मैदानमा विहिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अल्टोकी रौतहटलाई ०-१ गोलले पराजित गर्दै झुम्का फइनल प्रवेश गरेको हो ।
निर्धारित ७० औ मिनेटको खेल अवधिको दोश्रो हापको अन्तिम समयको २८ औं मीनेटमा झुम्काका जर्सी नम्बर ६ का अनिल चौधरीले गोल गरि टिमलाई अगाडि बढाएको प्रमुख रेफ्री मोहन चौधरीले बताए। दुबै टिम वीच कडा प्रतिस्पर्धा भएको खेलमा रौतहटले गोल फर्काउन नसकेको उनले बताए।
बिहिवारको पहिलो सेमिफाइनल खेलमा झुम्काका विजय उराँव म्यान अफ द म्याच घोषित भएको आयोजकले जनाएको छ । उनलाई नगद १ हजार पुरस्कार प्रदान गरिएको अध्यक्ष चौधरीले बताए ।
प्रतियोगिता अन्तर्गत शुक्रबारको दोश्रो सेमीफाइनल खेल प्रोग्रेसिभ युवा क्लब ओद्राहा सप्तरी र विराटनगर स्पोर्ट्स एकेडेमी मोरङ्ग वीच ,हुने आयोजक समितिका अध्यक्ष दिलिप कुमार चौधरीले बताए । खेलको प्रत्येक दिनको प्रत्यक्ष प्रसारण गोल नेपाल डटकमबाट हुने उनले जानकारी दिए ।
प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई क्रमशः ५५ हजार र ३५ हजार नगद पुरस्कारसहित शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरिने अध्यक्ष दिलिप कुमार चौधरीले बताए । प्रतियोगिताको हाई स्कोरर, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपरलगायतका खेलाडीहरुलाई समेत शिल्ड, मेडल तथा प्रमाणपत्रद्वारा सम्मान गरिने उनले बताए।
प्रतियोगितामा त्रियुगा नगरपालिका उदयपुर,अल्टोकी रौतहट, झुम्का फुटबल क्लब झुम्का सुनसरी,गोलबजार स्पोर्ट्स क्लब गोलबजार सिरहा, बिवाइसी बर्दीवास बेखारी महोत्तरी प्रोग्रेसिभ युवा क्लब ओद्राहा सप्तरी, महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुर सप्तरी, विराटनगर स्पोर्ट्स एकेडेमी मोरङ्ग गरि ८ वटा टिम सहभागी रहेको आयोजक समितिका पूर्व अध्यक्ष शम्भु कुमार चौधरीले जानकारी दिए ।