आर्थिक अभावले उच्च शिक्षाबाट वञ्चित भएकी सप्तरी तिरहुत गाउँपालिका ५ की अनुसा कुमारी सदालाई पत्रकार रामनाथ चौधरीले आर्थिक सहयोग गरेका छन् । नेपाल आदिवसी जनजाति पत्रकार महासंघ सप्तरीका सचिव समेत रहेका चौधरीले बिहीवार सदालाई नगद ५ हजार सहयोग गरेका हुन् ।
सदालाई सहयोग सर्टिफिकटको लागि सिफारिस पत्र प्रदान गर्दै प्रधानाध्यापक मण्डल । फोटो : न्यूज टुडे
अग्नीसाइर कृष्णसारन गाउँपालिका १ स्थित मावि जन्डोलबाट कक्षा १२ उतिर्ण गरेकी सदाको ‘ पैसाको जोहो नहुँदा मार्कसीट निस्केन’ भनी समाचार आएपछी पत्रकार चौधरीले उनलाई विद्यालयमा बोलाएर उक्त सहयोग रकम प्रदान गरे । सर्टिफिकेटका लागि विराटनगर जानुपर्ने भएकोले यातायात बापत सानो सहयोग गरेको पत्रकार चौधारीले जानकारी दिए ।
समाचार सार्वजिक भएपछि अनुसालाई विद्यालयमा बोलाएर सर्टिफिकटका लागि निःशुल्क सिफारिस गरिएको प्रधानाध्यापक कामेश्वर मण्डलले बताए। अनुसालाई सबै शुल्क निःशुल्क गरिएको बताउँदै उनले सर्टिफिकटमा समेत निःशुल्क सिफारिस गरिएको बताए।
सदाले अरूले सर्टिफिकट लिदा शुल्क तिर्नु परेको र आफूलाई निःशुल्क पाउँछ भन्ने अन्योल उत्पन्न भएपछि पैसाको जोहो नहुँदा सर्टिफिकटका लागि विद्यालय ढिलो आएको बताइन्।