• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आयुष तामाङको उत्कृष्ट प्रदर्शनले युनिटी एफसी फइनल प्रवेश 

आयुष तामाङको उत्कृष्ट प्रदर्शनले युनिटी एफसी फइनल प्रवेश 
 न्यूज टुडे
राजविराज,१२ कार्तिक। 
आयुष तामाङको उत्कृष्ट प्रदर्शनले‘युनिटी एफसी विरेन्द्र बजार’ जन्डोल फुटबल क्लवद्वारा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ स्थित जन्डोलमा संचालित सातौं पचशिल्ड फुटबल प्रतियोगिताको फइनल प्रवेश  गरेको छ ।  मावि जन्डोलको खेलमैदानमा बुधबार सम्पन्न दोश्रो सेमीफाइनल खेलमा आयोजक जन्डोल फुटबल क्लवलाई ०-३ गोलान्तरले पराजित गर्दै युनिटी एफसी विरेन्द्र बजार फइनल प्रवेश गरेको हो । 
युनिटी एफसी विरेन्द्र बजारका खेलाडीहरु। फोटो: न्यूज टुडे
निर्धारित ५० औं मिनेटको  खेलमा पहिलो हापको १५ औं मिनेटमा युनिटी एफसी विरेन्द्र बजारका जर्सी नम्बर ९ का दिपेश चौधरीले १ गोल गरी टिमलाई अगाडि बढाए। 
यसैगरी दोस्रो हापको पाँचौ मिनेटमा युनिटी एफसी विरेन्द्र बजारका जर्सी नम्बर १४ का फुर्वा तामाङले १  गोल गरेर टिमलाई ०-२ गोलको अग्रता कायमै राखे । 
दुबै टीम वीच कडा प्रतिस्पर्धा  भएको खेलको २२ औ मिनेटमा युनिटी एफसी विरेन्द्र बजारले पाएको प्लानटीको अवसरलाई  मिट फिल्डर जर्सी नम्बर ७ का  आयुष तामाङले गरेको प्रहार गोलमा परिणत भएपछि विरेन्द्र बजार ०-३  गोलले विजयी भएको आयोजकले जनाएको छ ।
जितसंगै विरेन्द्र बजार गैड सिँह बाबा फुटबल क्लव जगमोहन संग फाइनलमा भिडन्त गर्ने भएको छ ।