• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

छैठौं पच शिल्ड फुटबल प्रतियोगिता : युनिटी एफसी विरेन्द्र बजार फाइनलमा 

छैठौं पच शिल्ड फुटबल प्रतियोगिता : युनिटी एफसी विरेन्द्र बजार फाइनलमा 
न्यूज टुडे
राजविराज,१२ कार्तिक । 
‘युनिटी एफसी विरेन्द्र बजार’ गेंड सिंह युवा क्लबद्वारा सप्तरीको रुपनी गाउँपालिका ६ स्थित तेरहौतामा संचालित छैठो पच शिल्ड फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । मावि तेरहौताको खेलमैदानमा वुधवार सम्पन्न पहिलो सेमिफइन खेलमा शम्भुनाथ एफसी शम्भुनाथलाई ०- १ गोलले पराजित गर्दै विरेन्द्र बजार फाइनल प्रवेश गरेको हो । 
प्रतियगितामा सहभागी युनिटी एफसी र शम्भुनाथ एफसीका खेलाडीहरु । फोटो: न्यूज टुडे
निर्धारित ६० औं मिनेटको खेलको पहिलो हापको १५ औं  मिनेटमा विरेन्द्र बजारका जर्सी नम्बर ४ का सुदीप चौधरी १ गोल गरि टिमलाई अगाडि बढाए । दुबै टिम वीच कडा प्रतिस्पर्धा भएको खेलमा शम्भुनाथले गोल गर्न नसकेपछि विरेन्द्र बजार ०-१ गोलले विजयी भएको आयोजक समितिका अध्यक्ष दिपेन्द्र सरदारले जानकारी दिए । 
प्रतियोगितामा बेङरी एफसी, प्रशवनी एफसी,जगमोहन एफसी,राजपुर एफसी, युनिटी एफसी,लोहजारा एफसी,शम्भुनाथ एफसी, विशनपुर एफसी गरि ८ टिम सहभागी रहेको उनले जानकारी दिए । 
विहीबारको दोश्रो सेमिफाइनल खेल आयोजक जगमोहन एफसी र बेङरी एफसी वीच हुने आयोजकले जनाएको छ । 
प्रतियोगिताको विजेता तथा उपविजेता  टिमलाई क्रमशः १५ हजार र १० हजार नगद पुरस्कारसहित शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरिने अध्यक्ष सरदारले जानकारी दिए ।