• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जनचेतना ४४ औ रनिङ्ग शिल्ड फुटबल प्रतियगिता: झुम्का सुनसरी सेमिफइनलमा 

जनचेतना ४४ औ रनिङ्ग शिल्ड फुटबल प्रतियगिता: झुम्का सुनसरी सेमिफइनलमा 
रामनाथ चौधरी 
महुली, ११ कार्तिक । 
महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुरद्वारा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ घोघिदाहामा संचालित  जनचेतना ४४ औं रनिङ शिल्ड फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा झुम्का फुटबल क्लब झुम्का सुनसरीले जीत हाँसिल गरेको छ  । जनचेतना माविको खेल मैदानमा मंगलबार सम्पन्न खेलमा गोलबजार स्पोर्ट्स क्लब गोलबजार सिरहालाई १-३ गोलले पराजित गर्दै  झुम्का सुनसरीले जीत हाँसिल गरेको हो । 
जीत संगै झुम्का सुनसरी सेमिफाइनल प्रवेश गरेको आयोजक समितिका अध्यक्ष दिलिप कुमार चौधरीले जानकारी दिए ।
निर्धारित ७० औ मिनेटको खेल अवधिमा सुनसरीले ३ गोल गरे भने गोलबजार सिरहाले  १  मात्र गोल गरेको  प्रमुख रेफ्री मोहन चौधरीले बताए। 
प्रतियोगिता अन्तर्गत बुधबारको खेल महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुर सप्तरी र  विराट नगर स्पोर्ट्स एकेडेमी मोरङ्ग वीच हुने आयोजक समितिका  अध्यक्ष चौधरीले बताए  । खेलको प्रत्येक दिनको प्रत्यक्ष प्रसारण गोल नेपाल डटकमबाट हुने उनले जानकारी दिए ।
प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई क्रमशः  ५५ हजार र ३५ हजार नगद पुरस्कारसहित शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरिने  अध्यक्ष दिलिप कुमार चौधरीले बताए । प्रतियोगिताको हाई स्कोरर, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपरलगायतका खेलाडीहरुलाई समेत शिल्ड, मेडल तथा प्रमाणपत्रद्वारा सम्मान गरिने उनले बताए। 
प्रतियोगितामा त्रियुगा नगरपालिका उदयपुर,अल्टोकी रौतहट, झुम्का फुटबल क्लब झुम्का सुनसरी,गोलबजार स्पोर्ट्स क्लब गोलबजार सिरहा, बिवाइसी बर्दीवास बेखारी महोत्तरी प्रोग्रेसिभ युवा क्लब ओद्राहा सप्तरी, महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुर सप्तरी, विराट नगर स्पोर्ट्स एकेडेमी मोरङ्ग गरि ८ वटा टिम सहभागी रहेको आयोजक समितिका पूर्व अध्यक्ष शम्भु कुमार चौधरीले जानकारी दिए ।