• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

शम्भुनाथ एफसी’ सेमिफइनल प्रवेश :  पहिलो सेमीफाइनलमा युनिटी एफसीसंग भिड्दै 

शम्भुनाथ एफसी’ सेमिफइनल प्रवेश :  पहिलो सेमीफाइनलमा युनिटी एफसीसंग भिड्दै 
न्यूज टुडे
राजविराज,१० कार्तिक । 
‘शम्भुनाथ एफसी’ गेंड सिंह युवा क्लबद्वारा सप्तरीको रुपनी गाउँपालिका ६ स्थित तेरहौतामा संचालित छैठो पच शिल्ड फुटबल प्रतियोगिताको  सेमफाइनल प्रवेश गरेको छ । मावि तेरहौताको खेलमैदानमा सोमबार सम्पन्न चौथो दिनको खेलमा डीहिवार बाबा सामुदायिक युवा क्लव विसनपुरलाई २– ४ गोलले पराजित गर्दै शम्भुनाथ एफसी सेमिफइनल प्रवेश गरेको हो । 
शम्भुनाथ एफसीका खेलाडीहरु । फोटो : न्यूज टुडे
निर्धारित ६० औं मिनेटको निर्धारित समयमा शम्भुनाथले ४ गोल र  राजपुर एफसीले २ गोल मात्र गर्न सफल भएको आयोजक समितिका अध्यक्ष दिपेन्द्र सरदारले जानकारी दिए । 
जितसँगै शम्भुनाथ एफसी र युनिटी एफसी वीरेन्द्र बाजार वीच पहिलो सेमिफइनलमा खेल  हुने छ ।  दुबै टिमका वीच बुधवार प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा बेङरी एफसी, प्रशवनी एफसी,जगमोहन एफसी,राजपुर एफसी,युनिटी एफसी,लोहजारा एफसी,शम्भुनाथ एफसी, विशनपुर एफसी गरि ८ टिम सहभागी रहेको उनले जानकारी दिए । 
प्रतियोगिताको विजेता तथा उपविजेता  टिमलाई क्रमशः १५ हजार र १० हजार नगद पुरस्कारसहित शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरिने अध्यक्ष सरदारले जानकारी दिए ।