न्यूज टुडे
राजविराज,०९ कार्तिक ।
‘जगमोहन एफसी’ गेंड सिंह युवा क्लबद्वारा सप्तरीको रुपनी गाउँपालिका ६ स्थित तेरहौतामा संचालित छैठो पच शिल्ड फुटबल प्रतियोगिताको सेमफाइनल प्रवेश गरेको छ । मावि तेरहौताको खेलमैदानमा आईतबार सम्पन्न तेश्रो दिनको खेलमा राजपुर एफसीलाई १– २ गोलले पराजित गर्दै जगमोहन सेमिफइनल प्रवेश गरेको हो ।
निर्धारित ६० औं मिनेटको निर्धारित समयमा जगमोहनले २ गोल र राजपुर एफसीले १ गोल मात्र गर्न सफल भएको आयोजक समितिका अध्यक्ष दिपेन्द्र सरदारले जानकारी दिए ।
प्रतियोगितामा बेङरी एफसी, प्रशवनी एफसी,जगमोहन एफसी,राजपुर एफसी,युनिट एफसी,लोहजारा एफसी,शम्भुनाथ एफसी, विशनपुर एफसी गरि ८ टिम सहभागी रहेको उनले जानकारी दिए ।
सोमबारको खेल शम्भुनाथ एफसी र विशनपुर एफसी वीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई क्रमशः १५ हजार र १० हजार नगद पुरस्कारसहित शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरिने अध्यक्ष सरदारले जानकारी दिए ।