• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मट्टीगढामा संचालित १० औं रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि मुसहर्नीयालाई

मट्टीगढामा संचालित १० औं रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि मुसहर्नीयालाई
न्यूज टुडे
राजविराज,०९ कार्तिक । 
श्री रामजानकी युवा क्लब मट्टीगढाद्वारा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ३ मट्टीगढामा संचालित १० औं रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि मुसहर्नीया सामुदायिक युवा क्लब खडक नगरपालिकाले कब्जा गरेको छ । रामजानकी बजार मट्टीगढाको खेल मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा एमएफसी शम्सेरपुर धाँतीलाई ट्राइबेकरमा पराजित गर्दै मुसहर्नीयाले उपाधि माथि कब्जा जमाएको हो । 
जितसंगै मुसहर्नीयाले ३५ हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता शम्सेरपुर धाँतीले  २५ हजार नगद पुरस्कारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे । 
दुबै टिम वीच कडा प्रतिस्पर्धा भएको खेलको पहिलो हापको १६ औं मिनेटमा मुसहर्नीयाका जर्सी नम्बर १६ का सुनिल सिंहले १ गोल गर्दै टिमलाई अगाडी बढाएका थिए भने खेलको दोश्रो हापको १९ औं मिनेटमा मुसहर्नीयाले पाएको पलान्टी किक जर्सी नम्बर १० का प्रविण चौधरी गोलमा परिणत गरेपछि बराबरी भएका थिए । 
समापन समारहमा मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण। फोटो: न्यूज टुडे
निर्धारित ६० औ मिनेटको खेल अवधिमा दुबै टिमले १/१ गोल गरेपछि प्लान्टीमा दुबै टिमले प्रहार गरेको ५/५ गोल मध्ये धातीले ५ वटै गोल गोलपोष्ट बाहिर हानेको तथा मुसहर्नीयाले ४ गोल पोल बाहिर र  १ गोल गर्न सफल भएको प्रमुख रेफ्री अजय चौधरीले जानकारी दिए । 
आयोजक समितिका अध्यक्ष भगवती प्रसाद चौधरीको अध्यक्षतामा आयोजित समापन समारोहमा प्रमुख अतिथि अग्नीसाईर कृष्णासवरन गाउँपालिका ३ का वडा अध्यक्ष गोपाल प्रसाद चौधरी, वडा नम्बर ४ का वडाध्यक्ष तेज नारायण यादव, जिल्ला फुटबल संघका सिताराम चौधरी लगायतकाले विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गरेका थिए । 
कार्यक्रममा अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ का वडाध्यक्ष सबजुल खलिफा, वडा नम्बर २ का वडाध्यक्ष पशुपति प्रसाद चौधरी,वडा नम्बर ६ का वडाध्यक्ष अशोक कुमार आचार्य, नेपाल पत्रकार महासंघका सदस्य बृजमान तामाङ, साविक हरिहरपुर गाविसका अध्यक्ष बद्री नारायण चौधरी, जिल्ला फुटबल संघका महेश चौधरी, समाजसेवी बेचन प्रसाद चौधरी, इन्जिनियर हरि चौधरी, नेबल चौधरी, सन्तोषी चौधरी, बेचन खंग लगायतका स्थानीय बुद्धिजीवी, समाजसेवीहरुको उपस्थिति थियो ।