उत्तम आचार्य
कन्चनरुप , ८ कात्तिक ।
नेकपा (एमाले) पोलिटब्यूरो सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलले एमाले कुनै पनि निर्वाचनबाट डराउने पार्टी नभएको बताएका छन्। थारू संग्रालय जमुवा मलेठमा शनिबार आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रम बोल्दै उनले एमाले चुनाव उत्साह पूर्वक चुनावमा भाग लिन तयार रहेको जिकिर गरे ।
,“हामी चुनावसँग डराउँदैनौं, नेता प्याकुरेलले भने,’एमाले पार्टी सधैंँ जनतामाझ जाने र प्रत्येक निर्वाचनमा आत्मविश्वासपूर्वक भाग लिने गर्छ।”
नेकपा (एमाले) कञ्चनरुप नगर कमिटी सप्तरीको आयोजनामा भएको कार्यक्रममा बडादशैं, शुभ दीपावली, भाइटीका, नेपाल संवत् ११४६ र छठ पर्वका साथै समाचकेवाको अवसरमा शुभकामना आदान–प्रदान गरिएको हाे।
कार्यक्रममा नेकपा एमाले नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य तथा पूर्व नगर प्रमुख बसन्त मिश्र, सप्तकोशी नगरपालिकाका पूर्व नगर प्रमुख उत्तम गौतम, एमाले मधेश प्रदेश सदस्य कमिटी सदस्य आशरा चाैधरी, युवा संघ नेपाल मधेश प्रदेश इन्चार्ज मनिष श्रेष्ठ, जिल्ला कमिटी सप्तरीका सचिव देवनाथ यादव, सह सचिब कुशुम आचार्य,सप्त सदस्य राजकुमार साह,दुर्गानन्द चाैधरी,सप्तकाेशी नगर कमिटी अध्यक्ष पारस दाहाल,कञ्चनरुप नगरपालिकाका नगर सचिव केवल खत्री लगायतका नेताहरूले पनि शुभकामना मन्तव्य व्यक्त गरे ।
वक्ताहरुले वर्तमान संवैधानिक व्यवस्थाको रक्षा गर्दै प्राप्त उपलब्धिलाई सुरक्षित राख्न र आर्थिक क्रान्तिको दिशा तर्फ अघि बढ्न सबैलाई आह्वान गरे ।