• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

चेतनशील युवा समूहद्वारा शुभकामना आदानप्रदान

चेतनशील युवा समूहद्वारा शुभकामना आदानप्रदान
नर्मदेव यादव
रुपनी,०८ कार्तिक । 

चेतनशील युवा समूह रुपनी गाउँपालिकाले  तिहार छठ पर्वको अवसरमा शनिबार शुभकामना  तथा विचार अदानप्रदान कार्यक्रम आयोजना गरेको छ । चेतन शिल युवा समूहका अध्यक्ष मनोज कुमार यादवको अध्यक्षता तथा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि  अध्यक्ष  यादवले गाउँपालिकामा शिक्षा,स्वास्थ्य,रोजगार,दुर्ववशनी सिचाइ, बाटोघाटो लगायतको धेरै समस्या रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले समाजमा भएको तमाम समस्या समाधानका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
 पुर्व गाउँपालिका अध्यक्ष हरेराम यादवले समाजका बौद्धिक ब्यक्तिहरुले बिगतमा हामीलाई सहयोग गरे पछि धैरै कामहरु सफल भएको उल्लेख गरे । अहिलेको बर्तमान अध्यक्षलाई काम गर्न अबरोध नगरेको स्पष्ट पार्दै उनले अहिले पनि  सहयोग गर्न तत्पर रहेको बताए ।
कार्यक्रममा  सप्तरी जिल्ला समन्वय समिति उप सभापति शम्भु यादव, बलराम यादव,भागवत यादव,प्रअ श्याम प्रसाद यादव,देवेन्द्र यादव,भागवत प्रसाद यादव,फुलदेव यादव,पत्रकार नर्मदेव यादव,अरुण साह,राजु जैसवाल,इन्जिनियर तेजनारायण यादव,हंसलाल यादव,घनश्याम यादव,चन्द्र शेखर सिन्हा,लाल वहादुर महतो,उपेन्द्र प्रसाद चौधरी,इन्जिनियर ललित नारायण यादव  भगवती प्रसाद यादव,नथन यादव,प्रअ परशुराम यादवले शुभकामना मन्तव्य व्यक्त गरे ।
इन्जिनियर लोकेन्द्र यादवद्वारा संचालित कार्यक्रममा स्वागत राजेश महतोले गरे । उक्त अवसरमा  गाउँपालिकाको शिक्षा, स्वास्थ्य, कृषि,पर्यटन विकासमा सुधार ल्याउने प्रतिबद्धतासहितको पाँच बुँदे घोषण पत्र समेत जारी गरिएको थियो ।