रामनाथ यादव
राजविराज, ०८ कार्तिक
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ स्थित रहेको जनता माध्यमिक विद्यालय ताेपामा शनिबार अभिभावक भेला आयोजना गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप कुमार मंडलकाे अध्यक्षता तथा वडा अध्यक्ष सत्यनारायण यादवको प्रमुख आतिथ्यमा एक समारोहका विच अभिभावक भेला सम्पन्न गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले यस विद्यालयमा कक्षा १२ काे अनुमति लिनका लागि ठुलो प्रयास गर्दा समेत सम्भव नभएको बताए । शिक्षा शाखा संयाेजक चन्द्रभुषण राय, गाउँपालिका अध्यक्ष अरुण कुमार मंडलसंग अनुमतिकाे माग गरे पनि कुनै सहयाेग नपाए उनले गुनासो गरे । उनले विभिन्न समस्याकाे वावजुद कक्षा संचालन भइरहेको वताए ।
वडाध्यक्ष यादवले विद्यालयमा अध्ययनरत वालवालिकाहरुकाे भविष्य अगाडि वढाउनका लागि समाजका अगुवा तथा अभिभावकहरुलाई विद्यालयमा राजनीतिकरण नगरि विद्यालय शिक्षाकाे विकास प्रति एकजुट भएर विद्यालयमा शान्त वातावरण वनाइदिनुहुन आग्रह गरे । उनले व्यवस्थापन समितिले कुनै पनि वैठकमा आफुलाई नवाेलाएकाे भन्दै आक्रोश पोखे ।
विद्यालय व्यवस्थापन समितका निवर्तमान अध्यक्ष राधेश्याम यादवले आफूलाई समिति अध्यक्ष पदवाट अबैधानिक रूपमा हटाएको भन्दै दुख प्रकट गरे । उनले विद्यालयमा कुन शिर्षकमा कति कति रकम आएको हाे भने जानकारी माग्दा समिति अध्यक्षलाई पनि नदिएकाेले भन्दै असन्तुष्टि व्यक्त गरे । उनले विद्यालय प्रति सकारात्मक साेचको साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भेलामा लेखापाल बब्लु कुमार मंडलले २०८१/०८२ को कुल आम्दानी १ कराेड १० हजार ७ सय ६२ रुपैयाँ र खर्च ९९ लाख ६८ हजार ४ सय १२ रुपैयाँ ४० पैसा आयव्यय प्रस्तुत गरिएको थियाे ।
कार्यक्रममा पत्रकार अवधेश झा , पाथिभरा इंग्लिस वाेडिंग ताेपाका संस्थापक अध्यक्ष लाल दास, व्यवस्थापन समितिका भूपू अध्यक्ष सफिक मंसुरी, समितिका भूपू अध्यक्ष जगदीश मंडल, शंकर पव्लिक सेकेन्डरी स्कुल तेपाका प्रअ. दिपेन्द्र कुमार मंडल, शिक्षक दुर्गानन्द यादव , भगवती दास, व्यवस्थापन समितिका सदस्य लक्ष्मी प्रसाद मंडल ,स्थानीय युवा भगवानलाल दास,राेशन झा लगायतले विद्यालय र शिक्षाकाे विकास तथा सुधार सम्वन्धि विचार राखेका थिए ।
शिक्षक नरेश रजकद्वारा संचालित कार्यक्रममा स्वागत प्रधानाध्यापक ब्रहम देव यादवले गरे ।