न्यूज टुडे
राजविराज,०८ कार्तिक ।
गेंड सिंह युवा क्लबद्वारा सप्तरीको रुपनी गाउँपालिका ६ स्थित तेरहौतामा संचालित छैठो पच शिल्ड फुटबल प्रतियोगिताको दोश्रो दिनको खेलमा युनिटी एफसी विरेन्द्र बजारले जित हासिल गरेको छ । मावि तेरहौताको खेलमैदानमा शनिबार सम्पन्न दोश्रो दिनको खेलमा लोहजरा एफसीलाई ०- ६ गोलले पराजित गर्दै विरेन्द्र बजारले जीत हाँसिल गरेको हो ।
निर्धारित ६० औं मिनेटको खेलको पहिलो हापमा नवौं मिनेटमा विरेन्द्र बजारका जर्सी नम्बर ८ का अविनाश तामाङले १ गोल गरि टिमलाई अगाडि बढाए । पहिलो हापकै १५ औं मिनेटमा विरेन्द्र बजारकै जर्सी नम्बर १० का रुबिन मगरले १ गोल गर्दै टिमलाई २ गोलले अगाडि कायम राखे ।
यसैगरी दोश्रो हापको १० औं र १५ औ मिनेटमा विरेन्द्र बजारका जर्सी नम्बर ६ का पासाङ तामाङले लगातार २ गोल गरे भने खेलको २२ औं मिनेटमा विरेन्द्र बजारकै जर्सी नम्बर ८ का अविनाश तामाङले १ गोल गरेर टिमलाई ५ गोलले अगाडि बढाए ।
खेलको २९ औं मिनेटमा विरेन्द्र बजारकै जर्सी नम्बर ७ का आयूष तामाङले १ गोल थपेपछि विरेन्द्र बजार ०-६ गोलले विजयी भएको आयोजक समितिका अध्यक्ष दिपेन्द्र सरदारले जानकारी दिए ।
प्रतियोगितामा बेङरी एफसी, प्रशवनी एफसी,जगमोहन एफसी,राजपुर एफसी, युनिटी एफसी,लोहजारा एफसी,शम्भुनाथ एफसी, विशनपुर एफसी गरि ८ टिम सहभागी रहेको उनले जानकारी दिए ।
आइतबारको खेल जगमोहन एफसी र राजपुर एफसी वीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई क्रमशः १५ हजार र १० हजार नगद पुरस्कारसहित शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरिने अध्यक्ष सरदारले जानकारी दिए ।