• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपनगर नन्दराज संग्रौला क्याम्पसको बार्षिक साधारण सभा सम्पन्न

रुपनगर नन्दराज संग्रौला क्याम्पसको बार्षिक साधारण सभा सम्पन्न
उत्तम आचार्य 
कञ्चनरूप, ०८ कात्तिक ।
सप्तरीको रुपनगर नन्दराज संग्रौला क्याम्पस कन्चनरुप १२ रुपनगरको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष गिरिराज संग्रौलाको अध्यक्षतामा तथा रास्ट्रिय सभाका पुर्व संसदीय दलका नेता सुमनराज प्याकुरेलको प्रमुख आतिथ्यमा क्याम्पसको सभा हलमा शनिबार  आयोजित एक समारोहको वीच बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्याकुरेलले अहिलेको नयाँ शिक्षा नीतिमा इतिहास , नैतिक शिक्षा , संस्कार , संस्कृति र अनुशासन नभएकाले युवाहरुमा बिचलन पैदा भएको बताए । उनले जवसम्म युवा , विद्यार्थीले देशको इतिहासको बारेमा जानकारी हासिल गर्दैनन तवसम्म उनिहरु पछाडी पर्ने बताए । नेता प्याकुरेलले क्याम्पसको उन्नति प्रगतिमा सबै एक जुट भएर लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा पुर्व प्रधानाध्यापक तिर्थराज उपाध्याय , संचालक समिति सदस्य राजकुमार साह , विद्यार्थी गंगाराम मेहता लगायतका वक्ताहरुले मन्तव्य ब्यक्त गरे ।
साधारण सभामा  क्याम्पस प्रमुख प्राध्यापक दिपककुमार गजुरेलले प्राज्ञिक सांगठनिक प्रतिवेदन  र वित्तीय प्रमुख हेमप्रसाद अधिकारीले। वित्तीय ( आर्थिक ) प्रतिवेदन पुस्तकालयका प्रस्तुत गरे ।
उक्त अवसरमा दुई महिने आधारभूत कम्प्युटर  तालिम लिएका १२ जनालाई प्रमाणपत्र वितरण र ५ जना विद्यार्थीलाई जनही ५ हजारका दरले छात्रवृत्ति वितरण गरिएको थियो ।
प्राध्यापक पेशल जोशीद्वारा संचालित कार्यक्रममा स्वागत सहायक क्याम्पस प्रमुख श्रवण कुमार जोशीले गरे ।