• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जनचेतना ४४ औ रनिङ्ग शिल्ड फुटबल प्रतियगिता शुरू : उद्घाटन खेलमा रौतहट विजयी 

जनचेतना ४४ औ रनिङ्ग शिल्ड फुटबल प्रतियगिता शुरू : उद्घाटन खेलमा रौतहट विजयी 
रामनाथ चौधरी 
महुली, ०८ कार्तिक । 
महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुरद्वारा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ घोघिदाहामा संचालित  जनचेतना ४४ औं रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।  आयोजक समितिका अध्यक्ष दिलिप कुमार चौधरीको अध्यक्षता तथा युवा तथा खेलकुद  पूर्वमन्त्री तेजु लाल चौधरीको प्रमूख आतिथ्यामा शनिबार आयोजित एक समारोहको वीच फुटबल प्रतियगिता उद्घाटन गरिएको हो । 
जनचेतना माविको खेल मैदानमा आयोजित जिल्लाकै सबैभन्दा प्रतिष्ठित  र पहिलो उपाधिको रुपमा रहेको प्रतियोगिता प्रमूख अतिथि पूर्वमन्त्री चौधरीले व्यानर पढेर तथा रेफ्रीलाई बल हस्तान्तरण गरी उद्घाटन गरे ।
प्रतियोगिताको उद्घाटन खेलमा अल्टोकी रौतहटले जीत हासिल गरेको छ । त्रियुगा नगरपालिका गाईघाट उदयपुरलाई  ट्राईबेकरमा पराजित गर्दै रौतहट विजयी भएको आयोजक समितिका पूर्व अध्यक्ष शम्भु कुमार चौधरीले बताए। 
निर्धारित ७० औ मिनेटको खेल अवधिमा दुबै टिमले १ /१ गोल गरी बराबरी भएपछि पलान्टी मार्फत खेलको छिनोफानो गरिएको प्रमुख रेफ्री मोहन चौधरीले बताए। 
उनका अनुसार खेलको पहिलो हालको ११ औं मिनेटमा रौतहटका जर्सी नम्बर ९ का भारत चौधारीले १ गोल गरी टिमलाई अगाडि बढाए भने दोश्रो हापको ८ औं मिनेमा उदयपुरका जर्सी नम्बर १० का मन्दिप ढुंगेलले १ गोल गरी खेल बराबरी भएको थियो । 
दुबै टिम वीच कडा प्रतिस्पर्धात्मक खेलको समय – सीमा भित्र खेल बराबरी भएपछि प्लान्टीमा उदयपुरलाई ४-५ गोलान्तरले पराजित गर्दै रौतहटले जीत हाँसिल गरेको रेफ्री चौधारीले जानकारी दिए ।  उद्घाटन खेलमा रौतहट टीमका कप्तान विनेक चौधरी म्यान अफ दि म्याच घोषत भए।
उद्घाटन समारोहमा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरी, पूर्व अध्यक्ष परशुराम चौधरी, वडा नम्बर १ का वडाध्यक्ष सबजुल खलिफा, २ का वडाध्यक्ष पशुपति प्रसाद चौधरी, ३ का वडाध्यक्ष गोपाल प्रसाद चौधरी, ४ का वडाध्यक्ष तेज नारायण यादव, ६ का वडाध्यक्ष अशोक कुमार आचार्य, नेपाल पत्रकार महासंघका प्रतिनिधि वृजमान तामाङ, खेलकुद विकास समितिका सिताराम चौधरी लगायतका उपस्थिति थियो । 
यसैगरी महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुरका पूर्व अध्यक्ष शम्भु कुमार चौधरी,सह-सचिव महेश प्रसाद विश्वकर्मा, कोषाध्यक्ष संगिता कुमारी सिंह, सदस्य प्रमोद कुमार साह, सल्लाहकार महेश प्रसाद चौधारी, ईन्जिनियर हरी चौधारी, नरेन्द्र चौधारी, बद्री प्रसाद चौधारी र राजेन्द्र प्रसाद चौधारी लगायतका स्थानीय जनप्रतिनिधि, संचारकर्मी, प्रहरी, शिक्षक विभिन्न संघसंस्थाका प्रतिनिधी लगायतका स्थानीय बुद्धिजीवी समाजसेवीहरुको समेत उपस्थित थियो ।
चर्चित उद्घोषक प्रवीण कुमार चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुरका पूर्व अध्यक्ष एबम् पूर्व शिक्षक रामदेव चौधरीले गरे । 
प्रतियोगिता अन्तर्गत आईतवारको  खेल।बिवाइसी बर्दीवास बेखारी महोत्तरी र  प्रोग्रेसिभ युवा क्लब ओद्राहा सप्तरी  वीच हुने  आयोजक समितिका कोषाध्यक्ष संगिता कुमारी सिंहले बताइन् । खेलको प्रत्येक दिनको प्रत्यक्ष प्रसारण गोल नेपाल डटकमबाट हुने उनले जानकारी दिइन् ।
प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई क्रमशः  ५५ हजार र ३५ हजार नगद पुरस्कारसहित शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरिने पूर्व अध्यक्ष चौधरीले बताए । प्रतियोगिताको हाई स्कोरर, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपरलगायतका खेलाडीहरुलाई समेत शिल्ड, मेडल तथा प्रमाणपत्रद्वारा सम्मान गरिने आयोजक समितिका अध्यक्ष चौधरीले बताए। 
प्रतियोगितामा त्रियुगा नगरपालिका उदयपुर,अल्टोकी रौतहट, झुम्का फुटबल क्लब झुम्का सुनसरी,गोलबजार स्पोर्ट्स क्लब गोलबजार सिरहा, बिवाइसी बर्दीवास बेखारी महोत्तरी प्रोग्रेसिभ युवा क्लब ओद्राहा सप्तरी, महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुर सप्तरी, विराट नगर स्पोर्ट्स एकेडेमी मोरङ्ग गरि ८ वटा टिम सहभागी रहेको आयोजक समितिका पूर्व अध्यक्ष शम्भु कुमार चौधरीले जानकारी दिए ।