• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
छठ पर्वको पहिलो दिन ‘नहाय–खाए’
न्यूज टुडे
राजविराज,०८ कार्तिक ।
चार दिनसम्म मनाइने छठपर्व अन्तर्गत  पहिलो दिन ( शनिबार ) बेलुका ‘नहाय–खाए’ गरि मनाउन शुरू गरिएको छ । विशेषगरी तराई/मधेशमा मनाइने छठ पर्व विधिवत शुरू भएको हो । 
सरसफाइमा सहभागीहरु । फोटो: न्यूज टुडे
पारिवारिक सुख–समृद्धि र सन्तानको कल्याणको कामनासहित चार दिनसम्म मनाइने छठपर्व अन्तर्गत पहिलो दिन शनिबार बेलुका ‘नहाय–खाए’ गरेपछि यसको विधिवत सुरुवात हुने रूपनी गाउँपालिका ६ की कोपिला श्रेष्ठले बताइन्।
‘दोस्रो दिन भोलि दिनभरि उपवास बसी रातमा ‘खीर’ बनाई देउतालाई चढाएरने गरिन्छ’ उनले भनिन् विधिलाई ‘खरना’ भनिन्छ ।’
 उनका अनुसार मुख्य दिन सोमवार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, नाङ्लो, कोनीया, कलशसहितको घैँटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र बेलुका अस्ताउने सूर्यलाई अर्घ्य दिइन्छ । 
छठपर्वको अन्तिम दिन मङ्गलवार विहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर यो पर्वको समापन हुने उनले बताइन्।
मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि पोखरीलगायतमा सजावटको काम भइरहेको स्थानीय भक्तजनहरुले वताए।
पछिल्ला वर्ष काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा पनि छठ पर्व मनाउन थालिएको छ । छठ पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेहरूको बजारमा भीड लागेको छ । 
भक्तजनहरुले बजारमा बाँसबाट र माटोबाट बनेका सामग्रीहरू घैँटो, हात्ती, टोकरी, नाङ्लो, कोनीया लगायतको पूजामा प्रयोग हुन सामग्री विक्री भइरहेको राजविराज हटियाका एक व्यापारीले वताए । छठपर्वमा बाँस तथा माटोबाट बनेको सामानहरू शुद्ध मानिने भएकोले यसको माग अहिले बजारमा बढेको उनले जानकारी दिए । 
छठ पूजा गर्नाले आफूले भाकल गरेको कुरा तथा मनोकामना पुरा हुने जनविश्वास रहेको छ ।