न्यूज टुडे
राजविराज,०७ कार्तिक।
‘युनिटी एफसी विरेन्द्र बजार’ जन्डोल फुटबल क्लवद्वारा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ स्तित जन्डोलमा संचालित सातौं पचशिल्ड फुटबल प्रतियोगिताको सेमिफइनल प्रवेश गरेको छ । मावि जन्डोलको खेलमैदानमा शुक्रबार सम्पन्न क्वाटर फाइनल खेलमा गैडसिँह बाबा फुटबल क्लव चिम्टी अगाडिलाई १-२ गोलान्तरले पराजित गर्दै युनिटी एफसी विरेन्द्र बजार सेमिफइनल प्रवेश गरेको हो ।
निर्धारित ७० औं मिनेटको प्रतियगिताको पहिलो हापको २५ औं मिनेटमा युनिटी एफसी विरेन्द्र बजारका जर्सी नम्बर ४ का सुदीप चौधरीले १ गोल गरी टिमलाई अगाडि बढाए।
यसैगरी दोस्रो हापको २९ औं मिनेटमा गैडसिँह बाबा फुटबल क्लव चिम्टी अगाडिका जर्सी नमबर १५ का सुशिल सरदारले १ गोल गरेपछि बराबरी भएको थियो ।
खेलको ३३ औ मिनेटमा युनिटी एफसी विरेन्द्र बजारका जर्सी नम्बर १० का रुविन तामाङले १ गोल थपेपछि विरेन्द्र बजार १-२ गोलले विजयी भएको आयोजकले जनाएको छ ।