• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपनगरमा भव्यताको साथ मनाइयो( म्हु :दया भिन्तुना) नेपाल सम्वत ११४६ 

रुपनगरमा भव्यताको साथ मनाइयो( म्हु :दया भिन्तुना) नेपाल सम्वत ११४६ 
उत्तम आचार्य 
कञ्चनरूप , ५ कार्तिक । 
सप्तरीको कञ्चनरूप नगरपालिका १२ स्थित वस्तिपुरमा बुधबार नेपाल संवत् (११४६ ) अर्थात न्हु :दया: भिन्तुना भव्यताको साथ मनाईएको छ । नेवा:सामाज रुपनगरको आयोजनामा झाकीसहित नगरपरिक्रमा तथा शुभकामना आदानप्रदान गरि म्हु:दया भिन्तुना अर्थात नेपाल संवत् ११४६ मनाईएको हो ।
ज्येष्ठ नागरिक सन्त लक्ष्मी सम्मान ग्रहण गर्दै । फोटो : न्यूज टुडे
नेवा:समाज रुपनगरका अध्यक्ष कौशल श्रेष्ठको अध्यक्षता तथा ज्येष्ठ नागरिक फडिन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले नेवा:समुदायले प्रत्येक बर्ष न्हु दया भिन्तुना र नेपाल संवत् मनाउदा नगर र नगरबासी तथा नेवा समुदायको गरिमा बढेको बताए । संस्कृति संरक्षणमा नेवार समुदायले खेलेको भुमिका प्रशंसीय रहेको बताउदै उनले सबैजातजातिले मनाउने पर्वको जगेर्नाका लागि कार्यक्रमले टेवा पुग्ने विश्वास व्यक्त गरे । 
शुभकामना मन्तव्य व्यक्त गर्दै आदिवासी जनजाति महासंघ सप्तरीका पूर्व अध्यक्ष तामाङ । फोटो : न्यूज टुडे
नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका पुर्व अध्यक्ष एवम मधेश प्रदेश समिति सदस्य बृजमान तामाङले न्हु: दय भिन्तुना जस्ता साँस्कृतिक पर्व मनाउने परम्पराले देशमा भएको सबैजाती धर्म र समुदायको चाडपर्वको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कञ्चनरुप नगरपालिका १२ बस्तीपुर स्थित नेवा:समाजको गुठी भवनमा आयोजित कार्यक्रममा नेवा: देय: दबूका केन्द्रीय सदस्य  दक्ष नारायण श्रेष्ठ , जिल्ला अध्यक्ष अर्जुन कुमार श्रेष्ठ लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
सम्मान ग्रहण गर्दै कलाकारहरु। फोटो: न्यूज टुडे
नेवा:समाज रुपनगरका सल्लाहकार पेशल जोशीद्वारा संचालित कार्यक्रममा स्वागत नेवा: समाज रुपनगरका सदस्य मदन श्रेष्ठले गरे । 
उक्त अवसरमा ज्येष्ठ नागरिक ९८ बर्षिय सन्त लक्ष्मी श्रेष्ठ र लाखे नाँचका प्रशिक्षक तथा दर्जनौं कलाकारहरुलाई सम्मान गरिएको थियो । उनीहरुलाई नेवा: देय: दबूका केन्द्रीय सदस्य  दक्ष नारायण श्रेष्ठ र जिल्ला अध्यक्ष अर्जुन कुमार श्रेष्ठले दोसल्ला, माला र प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो ।  
कार्यक्रममा नेवारी परम्परा भोजन समयवजी, छोइला, कोचेला र सगुनलगायतका नेवारी खानको प्रदर्शनी गरिएको थियो । यसअघि नेवार समुदायको पोशाक, पन्चकन्या, लाखेनाच र विभिन्न बाजागाजा र झाकीसहित नगरपरिक्रमा गरिएको थियो ।
नेवा: समाज रुपनगरले नेपाल संवतका प्रर्वतक शंखधर साख्वाको स्मृतिमा न्हु: दया भिन्तुनाको अवसर पारेर प्रत्येक बर्ष साँस्कृतिक लगायतका पहिचान जनित कार्यक्रमहरु निरन्तर गर्दै आएको छ ।