• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

लोहजारा प्रथम पचशिल्ड फुटबल प्रतियोगिताको उपाधि सप्तरीलाई 

लोहजारा प्रथम पचशिल्ड फुटबल प्रतियोगिताको उपाधि सप्तरीलाई 
न्यूज टुडे
राजविराज,०५ कार्तिक। 
सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ५ लोहजाराद्वारा संचालित प्रथम पचशिल्ड फुटबल प्रतियोगिता २०८२ को उपाधि प्रोग्रेसिभ युवा क्लब सप्तकोसी सप्तरीले हात पारेको छ ।  सरस्वती मावि लोहजाराको खेलमैदानमा बुधबार  सम्पन्न  फाइनल खेलमा सुन्दरपुर युवा क्लव उदयपुरलाई ट्राइबेकरमा पराजित गर्दै सप्तरीले उपाधि माथि कब्जा जमाएको हो ।
उपविजेता टिमलाई पुरस्कार वितरण गर्दै वडा नम्बर २ का अध्यक्ष संजिव नारायण यादव। फोटो: न्यूज टुडे
बुधबारको  फाइनल खेलमा उदयपुरलाई  ५- ६ गोलान्तरले पराजित गर्दै सप्तरीले उपाधि कब्जा गरेको आयोजक समितिका दिलिप कुमार यादवले बताए ।
खेलको पहिलो हापामा ७ औं मिनेटमा  सुन्दरपुर उदयपुरका जर्सी नमबर  ७ का  अनिश बस्नेतले १ गोल गर्दै टिमलाई अगाडी बढाए पनि  दोस्रो हापमा पलान्टीको मौका पाएपछि खेलको १७ औं मिनेटमा सप्तरीका  जर्सी नम्बर  १९ का युवेन राईले  गोलमा परिणत गरेपछि  टिमलाई बराबरीमा पुर्‍याएका थिए ।
प्रतियगिताको उत्कृष्ट खेलाडी अनिश बस्नेतलाई शिल्ड प्रदान गर्दै वडा नम्बर ४ का अध्यक्ष बलराम यादव। फोटो: न्यूज टुडे
दुबै टिम वीच कडा प्रतिस्पर्धा भएको निर्धारित ६०औ मिनेटको खेल अवधिमा बराबरी भएपछि ट्राइबेकरमा खेलको छिनोफानो गरिएको आयोजक समितिका शिवेन्द्र यादवले जानकारी दिए । 
प्ल्लन्टीमा पाँच-पाँच गोल हान्ने मौका पाएपनि उदयपुरका खेलाडीले हानेको गोल पोलमा ठोक्किन पुगी गोल हुन नसक्दा उदयपुर ५ – ६ गोलान्तरले सप्तरी विजयी भएको उनले जानकारी दिए । 
नगद पुरस्कार प्रदान गर्दै खेलकुद विकास समिति सप्तरीका सिताराम चौधरी। फोटो: न्यूज टुडे
तिरहुत गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रमानन्द चौधरीको अध्यक्षतामा आयोजित एक समारोहका वीच प्रमुख अतिथि गाउँपालिका अध्यक्ष विजय कुमार यादव, वडा नम्बर २ का अध्यक्ष संजिव नारायण यादव, वडा नम्बर ४ का अध्यक्ष बलराम यादव, जिल्ला खेलकुद विकास समितीका सिताराम चौधरी लगायतकाले विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गरे । 
प्रतियोगिता समापन समारोहमा मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण। फोटो: न्यूज टुडे
प्रतियगितामा विजेता टीमलाई नगद ५१ हजार र उपविजेता टिमलाई नगद २५ हजार नगद पुरस्कारसहित शिल्ड, कप, मेडल, प्रमाण पत्र, प्रदान गरिएको थियो । 
प्रतियोगितामा उत्कृष्ट खेलाडी उदयपुरका जर्सी नम्बर ७ का अनिश बस्नेत घोषित भएका थिए । उनलाई च्याम्पियन शिल्ड, माला र खदाले सम्मान गरिएको थियो । 
तिहार, छठ पर्वको अवसरमा आयोजित प्रतियोगितामा श्री श्री  १०८ श्री ठाकुर बाबा युवा क्लव तिररहुत ५   लोहजरा ,एमपी एफसी फुटबल क्लव तालिम केन्द्र राजविराज, तालतलैया फुटबल क्लव इटहरी सुनसरी, प्रोगेसिभ युवा क्लव सप्तकोशी नपा सप्तरी, एफसी फुटबल क्लव झुम्का सुनसरी, डिग्री फुटबल क्लव विराटनगर मोरङ्ग, सुन्दरपुर युवा क्लव उदयपु, वि एफसी युवा क्लव बेलडाँगी मोरङ्ग गरी ८ वटा टिम सहभागी थिए ।