न्यूज टुडे
राजविराज,०४ कार्तिक।
सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ५ लोहजाराद्वारा संचालित प्रथम पचशिल्ड फुटबल प्रतियोगिता २०८२ को उपाधिका लागि सुन्दरपुर युवा क्लव उदयपुर र प्रोग्रेसिभ युवा क्लब सप्तकोसी सप्तरी भिड्ने भएको छ । लोहजारा खेलमैदानमा बुधबार हुने फाइनल खेलमा उपाधिका लागि सप्तरी र उदयपुर भिड्ने भएको हो ।
मंगलबार सम्पन्न दोश्रो सेमिफाइनल खेलमा एफसी युवा क्लब झुम्का सुनसरीलाई १- २ गोलान्तरले पराजित गर्दै सुन्दरपुर उदयपुर फाइनल प्रवेश गरेपछि उपाधिका लागि दावेदार भएको आयोजकले जनाएको छ ।
खेलको पहिलो हापामा २४ औं मिनेटमा सुन्दर उदयपुरका जर्सी नमबर १६ का पेरिस केसीले १ गोल गर्दै टिमलाई अगाडी बढाए। यसैगरी दोस्रो हापको १५ औं मिनेटमा सुन्दर उदयपुर कै जर्सी नमबर ७ का अनिश बस्नेतले गोल गरेर टिमलाई २ गोलको अग्रस्थान कायम राखे । दोश्रो हापको २७ औं मिनेटमा झुम्का सुनसरीका जर्सी नम्बर १२ का मनि मगरले १ गोल गरे ।
दुबै टिम वीच कडा प्रतिस्पर्धा भएको निर्धारित ७०औ मिनेटको खेल अवधिमा एफसी युवा क्लब झुम्का सुनसरीले १ गोल मात्र फर्काउन सफल भएपछि सुन्दरपुर उदयपुर १-२ गोलले विजयी भएको आयोजक समितिका दिलिप कुमार यादवले बताए।
यस अघि सम्पन्न पहिलो सेमिफाइनल खेलमा प्रोग्रेसिभ युवा क्लब सप्तकोसी सप्तरीले एमपी एफसी फुटबल क्लव तालिम केन्द्र राजविराजलाई ०-३ गोलान्तरले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।
बुधबारको फाइनल खेल सुन्दरपुर युवा क्लब उदयपुर र प्रोगेसिभ युवा क्लव सप्तकोशी नपा सप्तरी वीच हुने आयोजक समितिका यादवले जानकारी दिए ।
प्रतियोगितामा श्री श्री १०८ श्री ठाकुर बाबा युवा क्लव तिररहुत ५ लोहजरा ,एमपी एफसी फुटबल क्लव तालिम केन्द्र राजविराज, तालतलैया फुटबल क्लव इटहरी सुनसरी, प्रोगेसिभ युवा क्लव सप्तकोशी नपा सप्तरी, एफसी फुटबल क्लव झुम्का सुनसरी, डिग्री फुटबल क्लव विराटनगर मोरङ्ग, सुन्दरपुर युवा क्लव उदयपु, वि एफसी युवा क्लव बेलडाँगी मोरङ्ग गरी ८ वटा टिम सहभागी रहेका छन्।
प्रतियगितामा विजेता टीमलाई नगद ५१ हजार र उपविजेता टिमलाई नगद २५ हजार नगद पुरस्कारसहित शिल्ड, कप, मेडल, प्रमाण पत्र, प्रदान गरिने आयोजक समितिका संयोजक वडाध्यक्ष रामानन्द चौधारीले जानकारी दिए ।