• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रहरीद्वारा विभिन्न ब्रान्डका पटाका नष्ट

प्रहरीद्वारा विभिन्न ब्रान्डका पटाका नष्ट
न्यूज टुडे
राजविराज,०४ कार्तिक।
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा विभिन्न ब्राण्डका पटाका नष्ट गरेको छ ।  जिल्ला प्रहरी कार्यालय परिसरमा मंगलबार हजारौं मूल्य  बराबारका पटाका खाल्डोमा पुरेर नष्ट गरिएको हो ।
जिल्ला प्रहरी तथा मातहत समेतबाट बरामद गरिएका आतिसबाजी तथा पटकाहरु नष्ट  गरिएको प्रहरीले जनाएको छ । 
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव ,जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रतिनिधीहरु, स्थानिय जनप्रतिनिधी र प्रहरीसहितको उपस्थितीमा पटाका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।