न्यूज टुडे
राजविराज,०२ कार्तिक।
प्रोगेसिभ युवा क्लव सप्तकोशी नगरपालिका सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ५ लोहजाराद्वारा संचालित प्रथम पचशिल्ड फुटबल प्रतियोगिता २०८२ को फइनलमा प्रवेश गरेको छ । लोहजारा खेलमैदानमा आईतवार सम्पन्न पहिलो सेमीफाइनल खेलमा एमपी एफसी फुटबल क्लव तालिम केन्द्र राजविराजलाई ०- ३ गोलान्तरले पराजित गर्दै सप्तकोशी सप्तरी फइनल प्रवेश गरेको हो ।
खेलको पहिलो हापामा १७ औं र २२ औं मिनेटमा सप्तकोशीका जर्सी नमबर १० का कारण चौधरीले २ गोल गर्दै टिमलाई अगाडी बढाए। यसैगरी दोस्रो हापको दोश्रो मिनेटमा सप्तकोशी कै जर्सी नमबर १५ का राधेश्याम चौधारीले १ गोल गर्दै टिमलाई ३ गोलको अग्रस्थानमा कायम राखे ।
दुबै टिम वीच कडा प्रतिस्पर्धा भएको निर्धारित ६०औ मिनेटको खेल अवधिमा एमपी एफसी फुटबल क्लव तालिम केन्द्र राजविराजले गोल फर्काउन नसकेपछि सप्तकोशी ०-३ गोलले विजयी भएको आयोजक समितिका शिवेन्द्र यादवले बताए।
मंगलबारको दोश्रो सेमीफाइनल खेल एफसी फुटबल क्लव झुम्का सुनसरी र सुन्दरपुर युवा क्लव उदयपुर वीच हुने आयोजक समितिका दिलिप कुमार यादवले जानकारी दिए ।
प्रतियोगितामा श्री श्री १०८ श्री ठाकुर बाबा युवा क्लव तिररहुत ५ लोहजरा ,एमपी एफसी फुटबल क्लव तालिम केन्द्र राजविराज, तालतलैया फुटबल क्लव इटहरी सुनसरी, प्रोगेसिभ युवा क्लव सप्तकोशी नपा सप्तरी, एफसी फुटबल क्लव झुम्का सुनसरी, डिग्री फुटबल क्लव विराटनगर मोरङ्ग, सुन्दरपुर युवा क्लव उदयपुर, वि एफसी युवा क्लव बेलडाँगी मोरङ्ग गरी ८ वटा टिम सहभागी रहेका छन्।
प्रतियगितामा विजेता टीमलाई नगद ५१ हजार र उपविजेता टिमलाई नगद २५ हजार नगद पुरस्कारसहित शिल्ड, कप, मेडल, प्रमाण पत्र, प्रदान गरिने आयोजक समितिका संयोजक वडाध्यक्ष रामानन्द चौधारीले जानकारी दिए ।