न्यून टुडे
राजविराज,०२ कार्तिक।
सप्तरीको कञ्चनरूप नगरपलिकाका मेयर ललन प्रसाद गुप्ताले कन्चनपुरका पत्रकार अनिश शेखमाथिको दुर्व्यवहार प्रति दुःख व्यक्त गर्दै आत्मालोचना गरेपछि विवाद टुङ्गिएको छ । नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको नेतृत्वमा आईतबार भएको छलफलमा मेयर गुप्ताले घटनाको जिम्मेवारी लिँदै आत्मालोचा गरेपछि विवाद टुङ्गिएको हो ।
पत्रकार महासंघ सप्तरीको टोलीसंग भएको छलफलमा मेयर गुप्ताले पत्रकार शेखमाथि दुर्व्यवहारको घटना भएकोले आफू मेयर भएको नाताले आत्मालोचनासहित लिखित र मौखिक रुपमा गल्तिको स्वीकार गर्ने सहमति भएपछि विवाद टुङ्गिएको बैठकमा सहभागी पत्रकार किशोर कुमार पासवानले बताए। पत्रकारमाथिको घटना प्रति माफी चाहान्छु भन्दै आगामी दिनमा पत्रकारलाई सुरक्षित बाताबरणमा समाचार संकलन गर्न दिने, प्रेस स्वतन्त्रतालाई सम्मान गर्ने लिखित प्रतिबद्धता मेयर गुप्ताले गरेको उनले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष देव र नगरप्रमुख गुप्ताले हस्ताक्षर गरेको सहमति पत्रमा पत्रकारले पनि आचारसंहिता भित्र रही रिपोर्टिङ्ग गर्न आग्रह गरिएको छ । पीडित पत्रकारको तर्फबाट अध्यक्ष देव र नगरपलिकाको तर्फबाट मेयर गुप्ताले हस्ताक्षर गरेको सहमति पत्रमा नगरपालिकाको तर्फबाट वडा नम्बर ७ का वडाध्यक्ष समानन्द चौधारी र पिडीत पत्रकारको तर्फबाट महासंघका सदस्य किशोर पासवानको रोहवरमा हस्ताक्षर गरेको छ ।
इलका प्रहरी कार्यालय कञ्चनपुरमा भएको छलफलमा डिएस्पी माधब प्रसाद काफ्ले,नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव डम्वर राई, सदस्य वृजमान तामाङ, उत्तम आचार्य, नर्मदेव यादव, पत्रकार अनिल पोखरेल, पीडित पत्रकार अनिश शेखलागायतका सहभागीता रहेको थियो ।
गत असोज २८ गते तलवभत्ता माग राखी शिक्षकहरुले गरेको आन्दोलनका समाचार संकलनमा पुगेका पत्रकार शेखमाथि नगरपालिकाको हाताभित्रै दुर्व्यवहार भएको थियो ।