• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बोदेबर्साईनको रजपट्टीमा अज्ञात समुहको गोली प्रहारबाट एक जनाको मृत्यु

बोदेबर्साईनको रजपट्टीमा अज्ञात समुहको गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूज टुडे
राजविराज,०२ कार्तिक । 
सप्तरीको बोदेबर्साइन नगरपालिका ८ स्थित रजपट्टीमा आइतबार विहान अज्ञात समुहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । स्थानीय ७२ बर्षीय रामदुलार साहलाई अज्ञात समुहले गोली प्रहार गरि हत्या गरेको हो ।
 
आइतबार विहान अन्दाजी पौने २ बजे अज्ञात समुहले गोली प्रहार गरि साहको हत्या गरेको बोदेबर्साइन नगरपालिका ८ का वडाध्यक्ष वैद्यनाथ चौधरीले जानकारी दिए । 
घटना स्थलमा दुईवटा गोलीको खोका र १ जोर चप्पल फेला परेपनि हत्याराको भने पहिचान नभएको उनले बताए । 
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी डम्बर बहादुर पुरी नेतृत्वको प्रहरी टोली खटी अनुसन्धान गरिरहेको वडाध्यक्ष चौधरीले जानकारी दिए ।