न्यूज टुडे
राजविराज,०१ कार्तिक।
सुन्दरपुर युवा क्लव उदयपुर सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ५ लोहजाराद्वारा संचालित प्रथम पचशिल्ड फुटबल प्रतियोगिता २०८२ को सेमिफइनलमा प्रवेश गरेको छ । ।लोहजारा खेलमैदानमा शनिबार सम्पन्न खेलमा वि एफसी युवा क्लव बेलडाँगी मोरङ्गलाई १- ४ गोलान्तरले पराजित गर्दै सुन्दरपुर उदयपुर सेमिफइनल प्रवेश गरेको हो ।
खेलको पहिलो हापामा १८ औं मिनेटमा उदयपुरका जर्सी नमबर ११ का आयुष राईले १ गोल गर्दै टिमलाई अगाडी बढाए। यसैगरी दोस्रो हापको चौथो मिनेटमा मोरङ्गका जर्सी नमबर १० का निरज परियारले गोल गरेर टिमलाई बराबरीमा पुर्याएको थियो।
दोश्रो हापको छैठौं मिनेटमा सुन्दरपुर उदयपुरका जर्सी नमबर ११ कै आयुष राईले दोश्रो गोल गरी टीमलाई २ गोलले अग्रस्थानमा कायम राखे भने खेलको नवौं र १६ औं मिनेटमा उदयपुरका जर्सी नम्बर ७ का अनिल बस्नेतले लगातार २ गोल थालेपछी उदयपुर ४ गोल गर्न सफल भएका थिए ।
दुबै टिम वीच कडा प्रतिस्पर्धा भएको निर्धारित ६०औ मिनेटको खेल अवधिमा वि एफसी युवा क्लव बेलडाँगी मोरङ्गले १ गोल मात्र फर्काउन सफल भएपछि सुन्दरपुर उदयपुर १-४ गोलले विजयी भएको आयोजक समितिका शिवेन्द्र यादवले बताए।
आईतबारको पहिलो सेमीफाइनल खेल एमपी एफसी फुटबल क्लव तालिम केन्द्र राजविराज र प्रोगेसिभ युवा क्लव सप्तकोशी नपा सप्तरी वीच हुने आयोजक समितिका दिलिप कुमार यादवले जानकारी दिए ।
प्रतियोगितामा श्री श्री १०८ श्री ठाकुर बाबा युवा क्लव तिररहुत ५ लोहजरा ,एमपी एफसी फुटबल क्लव तालिम केन्द्र राजविराज, तालतलैया फुटबल क्लव इटहरी सुनसरी, प्रोगेसिभ युवा क्लव सप्तकोशी नपा सप्तरी, एफसी फुटबल क्लव झुम्का सुनसरी, डिग्री फुटबल क्लव विराटनगर मोरङ्ग, सुन्दरपुर युवा क्लव उदयपु, वि एफसी युवा क्लव बेलडाँगी मोरङ्ग गरी ८ वटा टिम सहभागी रहेका छन्।
प्रतियगितामा विजेता टीमलाई नगद ५१ हजार र उपविजेता टिमलाई नगद २५ हजार नगद पुरस्कारसहित शिल्ड, कप, मेडल, प्रमाण पत्र, प्रदान गरिने आयोजक समितिका संयोजक वडाध्यक्ष रामानन्द चौधारीले जानकारी दिए ।