• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

लोहजारा प्रथम पचशिल्ड फुटबल प्रतियोगिताको तेश्रो दिनको खेलमा झुम्काको जीत 

लोहजारा प्रथम पचशिल्ड फुटबल प्रतियोगिताको तेश्रो दिनको खेलमा झुम्काको जीत 
न्यूज  टुडे
राजविराज,३१असोज। 
सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ५ लोहजाराद्वारा संचालित प्रथम पचशिल्ड फुटबल प्रतियोगिता २०८२ को तेश्रो दिनको खेलमा एफसी फुटबल क्लव झुम्का सुनसरी  विजयी भएको छ ।लोहजारा खेलमैदानमा शुक्रबार सम्पन्न खेलमा डिग्री फुटबल क्लव विराटनगर मोरङ्गलाई, १- ३ गोलान्तरले पराजित गर्दै  झुम्का सुनसरी विजयी भएको हो । 
खेलको पहिलो हापामा २७ औं मिनेटमा  झुंकाका जर्सी नमबर  १४ का सुमन श्रेष्ठले १ गोल गर्दै टिमलाई अगाडी बढाए।  यसैगरी दोस्रो हापको २० औं मिनेटमा विराटनगरका जर्सी नमबर १२ का  डम्वर कार्कीले गोल गरेर टिमलाई बराबरीमा पुर्याएको थियो।  दोश्रो हापमा  झुंकाका जर्सी नमबर  १४ कै सुमन श्रेष्ठले २  गोल गरी टीमलाई ३ गोलले अग्रस्थानमा कायम राखे।
 डिग्री फुटबल क्लव विराटनगर मोरङ्गले  १ गोल मात्र फर्काउन सफल भएपछि झुम्का  १-३ गोलले विजयी भएको  आयोजक समितिका शिवेन्द्र यादवले बताए। 
शनिवारको खेल सुन्दरपुर युवा क्लव उदयपुर र  वि एफसी युवा क्लव बेलडाँगी मोरङ्ग वीच हुने उनले जानकारी दिए । 
प्रतियोगितामा श्री श्री  १०८ श्री ठाकुर बाबा युवा क्लव तिररहुत ५   लोहजरा ,एमपी एफसी फुटबल क्लव तालिम केन्द्र राजविराज, तालतलैया फुटबल क्लव इटहरी सुनसरी, प्रोगेसिभ युवा क्लव सप्तकोशी नपा सप्तरी, एफसी फुटबल क्लव झुम्का सुनसरी, डिग्री फुटबल क्लव विराटनगर मोरङ्ग, सुन्दरपुर युवा क्लव उदयपु, वि एफसी युवा क्लव बेलडाँगी मोरङ्ग गरी ८ वटा टिम सहभागी रहेका छन्। 
प्रतियगितामा विजेता टीमलाई नगद ५१ हजार र उपविजेता टिमलाई नगद २५ हजार नगद पुरस्कारसहित शिल्ड, कप, मेडल, प्रमाण पत्र, प्रदान गरिने आयोजक समितिका संयोजक वडाध्यक्ष रामानन्द चौधारीले जानकारी दिए ।