बर्तमान परिबर्तित अवस्थामा राज्यको तीनै तहका सरकार पत्रकारिता जीवन्त होस् भन्ने सोचमा नरहेकोले यसमा एकताबद्ध भएर खबरदारी गर्नुपर्ने राजविराजमा शुक्रबार आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ सप्तरीद्वारा तिहार र छ्ठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा’ बर्तमन अवस्थामा पत्रकारिता” विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी बक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै मधेश प्रदेश आम माञ्चार प्राधिकरणका पूर्व अध्यक्ष श्यामसुन्दर यादव। फोटो: न्यूज टुडे
कार्यक्रममा बोल्दै बक्ताहरुले सरकारको उदासीनताले पत्रकारिता पेशा संकटमा परेको भन्दै यसले सम्पुर्ण संचार माध्यम बन्द हुने अवस्था पुगेको बताए । शासन व्यवस्था परिवर्तनका लागी पत्रकारहरुले ठुलो योगदान दिएको भन्दै बक्ताहरुले बर्तमान तीनै तहका सरकार पत्रकारितालाई जीवन्त राख्ने सोचमा नरहेको गुनासो गरे ।
उनीहरुले पत्रकार र पत्रकारिताको विकासका लागि तीनै तहको सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । बक्ताहरुले पत्रकारहरुको हकहित र पेशागत सुरक्षाका लागि तीनै तहका सरकारलाई दबाव सिर्जना गर्न एकताबद्ध भएर खबरदारी गर्नुपर्नेमा जोड दिए ।
पछिल्लो समय अनुशासनहीनता पत्रकारिताले समग्र पत्रकारिता क्षेत्रको बदनाम गरेको प्रति चिन्ता व्यक्त गर्दै बक्ताहरुले अनुशासित, मर्यादित, संयमित भएर कार्यक्षेत्रमा खट्नुपर्नेमा जोड दिए । उनीहरुले सुरक्षा कसैले नदिने भएकोले आफ्नो सुरक्षा आफै गर्दै अरुलाई समेत सुरक्षीत हुने गरि कार्य क्षेत्रमा खट्नुपर्नेमा जोड दिए ।
अनुशासित, मर्यादित र पत्रकार आचारसंहिता पालना गरि पत्रकारिता गरे सुरक्षा चुनौती नहुने भन्दै बक्ताहरुले पछिल्लो समयको छाडा पत्रकारिता नियन्त्रणमा महासंघलाई भुमिका निर्वाह गर्न आग्रह गरे । बक्ताहरुले पत्रकार महासंघ पत्रकारलाई सुरक्षा दिन भन्दा नियन्त्रणमा बढी ध्यान केन्द्रित गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनीहरुले पत्रकारको सुची तयार गरि अराजक गतिविधिमा संलग्नहरुलाई सचेत गराउन आग्रह गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा आम संचार प्राधिकरण मधेस प्रदेशका पूर्व अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ मधेस प्रदेशकी उपाध्यक्ष अम्विका दाहाल, नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष विष्णु कुमार मण्डल, वैद्यनाथ झा, मुरली प्रसाद यादव, धिरेन्द्र प्रसाद साह, वरिष्ठ पत्रकार अनिल कुमार अनल, नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य सतिष कुमार दत्त, पूर्व जिल्ला सचिब ओम प्रकाश साहले शुभकामना मन्तव्य व्यक्त गर्दै आ- आफ्नो विचार व्यक्त गरे ।
यसैगरी प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य चन्दन कुमार यादव, मधेस प्रदेश महासचिव प्रवेश कुमार मिश्र, नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार वैधनाथ यादव,नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनयलाल कर्ण, प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष धर्मपाल राउत, प्रेस सेन्टर सप्तरीका अध्यक्ष विन्दु यादव, प्रेस जनमत सप्तरीका संयोजक रुपेश कुमार यादव लगायतकाले मन्तव्य व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव डम्बर राईद्वारा संचालित कार्यक्रममा उपाध्यक्ष राम नारायण विश्वासले कार्यक्रम बारे प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गरे भने अर्का उपाध्यक्ष सुधा देवले धन्यवाद व्यक्त गरिन ।