न्यूज टुडे
राजविराज,३० असोज।
सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ५ लोहजाराद्वारा संचालित प्रथम पचशिल्ड फुटबल प्रतियोगिता २०८२ को दोश्रो दिनको खेलमा प्रोगेसिभ युवा क्लव सप्तकोशी नपा सप्तरी विजयी भएको छ ।
लोहजारा खेलमैदानमा बिहीवार सम्पन्न खेलमा तालतलैया फुटबल क्लव इटहरी सुनसरीलाई ०- ३ गोलान्तरले पराजित गर्दै सप्तकोशी सप्तरी विजयी भएको हो ।
खेलको पहिलो हापामा २१ औं र ४६ औं मिनेटमा प्रोग्रेसिभका जर्सी नमबर ७ का शिव प्रकाश चौधारीले २ गोल गर्दै टिमलाई अगाडी बढाए। यसैगरी दोस्रो हापको २६ औं मिनेटमा प्रोगेसिभकै जर्सी नमबर १४ का मनिष चौधरीले १ गोल थपेर टिमलाई तीन गोलले अगाडि कायमै राखे।
तालतलैया फुटबल क्लव इटहरी सुनसरीले गोल फर्काउन नसकेपछि सप्तकोशी सप्तरी ०-३ गोलले विजयी भएको आयोजक समितिका शिवेन्द्र यादवले बताए।
शुक्रबारको खेल एफसी फुटबल क्लव झुम्का सुनसरी र डिग्री फुटबल क्लव विराटनगर मोरङ्ग वीच हुने उनले जानकारी दिए ।
प्रतियोगितामा श्री श्री १०८ श्री ठाकुर बाबा युवा क्लव तिररहुत ५ लोहजरा ,एमपी एफसी फुटबल क्लव तालिम केन्द्र राजविराज, तालतलैया फुटबल क्लव इटहरी सुनसरी, प्रोगेसिभ युवा क्लव सप्तकोशी नपा सप्तरी, एफसी फुटबल क्लव झुम्का सुनसरी, डिग्री फुटबल क्लव विराटनगर मोरङ्ग, सुन्दरपुर युवा क्लव उदयपु, वि एफसी युवा क्लव बेलडाँगी मोरङ्ग गरी ८ वटा टिम सहभागी रहेका छन्।
प्रतियगितामा विजेता टीमलाई नगद ५१ हजार र उपविजेता टिमलाई नगद २५ हजार नगद पुरस्कारसहित शिल्ड, कप, मेडल, प्रमाण पत्र, प्रदान गरिने आयोजक समितिका संयोजक वडाध्यक्ष रामानन्द चौधारीले जानकारी दिए ।