राष्ट्रिय कृषक समूह महासंघ रूपनी गाउँपालिकाको समन्वयमा हाम्रो कृषि सहकारी संस्था लिमटेड रूपनी ६ द्वारा आयोजित गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा मावि तेरहौताका अनिल तामाङ प्रथम भएका छन्। रूपनी गाउँपालिका ६ स्थित मावि तेरहौतामा विहीबार आयोजित पालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा ६ वटा विद्यालयका प्रतिस्पर्धीलाई उछिन्दै तामाङ प्रथम स्थान हासिल गर्न सफल भएका हुन्।
‘जलवायु परिवर्तन र हानिकारक कृषि अभ्यास फोहर मैला व्यवस्थापन र प्लाष्टिक जन्य वस्तु प्रयोगको न्यूनीकरण’ सम्बन्धि पालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा मावि तेरहौताका तामाङ प्रथम, मावि बसविटीका सुनिल मण्डल दोश्रो, मावि रायपुरकी इन्दिरा यादव तेश्रो र मावि कटैया,मनोरञ्जना लौगी चिल्ड्रेन एकेडेमी विरेन्द्र बजार, माँ भगवती बोडिङ्ग स्कूल रूपनीका छात्रछात्राले सान्त्वना पुरस्कार प्राप्त गरे ।
हाम्रो कृषि सहकारी संस्था लिमटेड रूपनी ६ का अध्यक्ष रामशरण महतोको अध्यक्षतामा आयोजित एक समारोहका वीच प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले उत्कृष्ट छात्रछात्राहरुलाई नगद पुरस्कारसहित प्रमाण पत्र प्रदान गरे।
प्रतियगितामा प्रथम, दोश्रो, तेश्रो र सान्त्वना स्थान हासिल गरेकाहरुलाई क्रमशः नगद २ हजार, १ हजार ६ सय,१ हजार ३ सय ३३ र ६ सय ७७ रुपैया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष यादव, राष्ट्रिय कृषक समूह महासंघ सप्तरीका अध्यक्ष तेज नारायण यादव, रुपनी गाउँपालिका सचिव शैलेन्द्र कुमार यादव, रुपनी गाउँपालिका शिक्षा अधिकृत देवराज अधिकारी, निर्णायक कौशल्या कुमारी चौधरी, मावि तेरहौता विद्यालय ब्यवस्थापन समिति अध्यक्ष प्रभु नारारायण सरदार लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
हाम्रो कृषि सहकारी संस्था लिमिटेड रूपनी ६ का उपाध्यक्ष ओम प्रकाश मेहताद्वारा संचालित कार्यक्रममा स्वागत मावि तेरहौताका शिक्षक दीपेन्द्र कुमार चौधारीले गरे ।