न्यूज टुडे
राजविराज, ३० असोज ।
उच्च अदालत जनकपुर राजविराजका मुख्य न्यााधीश सुभाष पौडेल सहित नवागन्तुक उच्च तथा सप्तरी जिल्ला अदालतका न्यायाधीशहरूलाई स्वागत गरिएको छ। नेपाल उच्च अदालत बार एशोसिएसन राजविराजद्वारा दीपावली छठ पर्वको अवसरमा राजविराजमा बिहीवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नवाग्नतुक न्यायाधीशहरूलाई स्वागत गरिएको हो ।
कार्यक्रममा उच्च अदालत बार एशोसिएसन जनकपुर – राजविराजका अध्यक्ष हरेराम यादवले नवागान्तुक न्यायाधीशहरूलाई खादा र माला लगाएर सम्मान गरे । सम्मान ग्रहण गर्दै नवागन्तुक न्यायाधीशहरूले जनताको न्यायको लागि निष्ठापूर्वक, निष्पक्ष रूपमा न्याय सम्पादन गर्ने प्रतिबद्धता गरे ।
प्रमुख अतिथउच्च अदालत जनकपुर राजविराज इजलासका मुख्य न्यायाधीश सुभाष पौडेल सेवा ग्राहीलाई सहज रूपमा सेवा प्रदान गर्न पछि नपर्ने बताए ।
विशिष्ट अतिथि न्यायधीश राम बहादुर थापाले न्याय सम्पादन भ्रष्टाचार रहित छिटो सस्तो हुने प्रतिवद्धता गरे ।
‘न्याय पाउने आश छ ।न्यायलाई हामी निभ्न दिन्नौं । अहिले जुन अवस्था छ यहि अवस्थामा हामीले न्याय सम्पादन गर्नुपर्ने छ’ उनले भने’हाम्रो न्याय सम्पादन भ्रष्टाचार रहित छिटो सस्तो र सरल हुनेछ ।’
उच्च अदालत बार एशोसिएसनका अध्यक्ष हरेराम यादवको अध्य्यक्षतामा आयोजित कार्यक्रममा उच्च अदालतका मुख्य न्यायाधीश सुभाष पौडेल सहित सात तथा जिल्ला अदालतका २ जना नवागन्तुक न्यायाधीशहरूलाई स्वागत गरिएको उपाध्यक्ष धर्मेन्द्र यादवले जानकारी दिए ।
कार्यक्रममा उच्च अदालतका रजिस्ट्रार लोकनाथ पराजुली, सप्तरी जिल्ला अदालतका श्रेस्तेदार श्यामहरी अधिकारी, वरिष्ठ अधिवक्ता भानुभक्त निरौला,महेन्द्र चौधरी, देवनारायण यादव,बोधकृष्ण भगत, देवनारायण यादव,रामजी साह, कृष्णानन्द देव,सुजित पोखरेल, उच्च अदालत बार एशोसिएसनका पूर्व अध्यक्ष हेमनारायण चौधरी,रमानन्द साह,श्यामनारायण साह,अधिवक्ता राजेन्द्रप्रसाद देव लगायतका अधिवक्ताहरूले शुभकामना व्यक्त गरे ।
उच्च अदालत बारका सचिव दानो चौधरीद्वारा संचालित कार्यक्रमा स्वागत उपाध्यक्ष धर्मेन्द्र यादवले गरे ।