• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

लोहाजारामा प्रथम पचशिल्ड फुटबल सुरू, अध्यक्ष यादवद्वारा उद्घाटन:  राजविराज विजयी

लोहाजारामा प्रथम पचशिल्ड फुटबल सुरू, अध्यक्ष यादवद्वारा उद्घाटन:  राजविराज विजयी
न्यूज टुडे
राजविराज,२९ असोज। 
सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ५ लोहजाराद्वारा संचालित प्रथम पचशिल्ड फुटबल प्रतियोगिता २०८२ सुरू भएको छ । वडा नम्बर ५ का वडाध्यक्ष रामानन्द चौधारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष विजय कुमार यादवको प्रमुख आतिथ्तामा बुधबार आयोजित एक समारोहका वीच प्रतियोगिताको उद्घाटन गरिएको हो । 
प्रतियोगिता उद्घाटन समारोहमा मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण। फोटो: न्यूज टुडे

लोहजारा खेलमैदानमा आयोजित प्रतियोगिताको प्रमुख अतिथि यादव, विशिष्ट अतिथि उपाध्यक्ष वीणा कुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत ललन कुमार यादव र वडा अध्यक्ष चौधरीले रेफ्रीलाई बल हस्तान्तरण गरी उद्घाटन गरे । 
फुटबल प्रतियोगिता उद्घाटन समारोहमा वडा नम्बर २ का वडा अध्यक्ष संजिव कुमार यादव, वडा नम्बर ४ का अध्यक्ष बलराम यादव, नेपाल पत्रकार महासंघका प्रतिनिधि बृजमान तामाङ,मावि लोहाजाराका प्रधानाध्यापक राम लखन मण्डल लगायतका कार्यपालिका तथा वडा सदस्यहरुको उपस्थिती थियो । 
शिक्षक श्याम कुमार यादवद्वारा संचालित कार्यक्रममा स्वागत वडा अध्यक्ष रामानन्द चौधारीले गरे भने  स्थानीय विधार्थीहरुद्वारा स्वागत गीत प्रस्तुत गरेका थिए ।
प्रतियोगिताको उद्घाटन खेलमा एमपी एफसी फुटबल क्लव तालिम केन्द्र विजयी भएको छ । आयोजक श्री श्री १०८ श्री ठाकुर बाबा युवा क्लव तिररहुत ५ लोहजारालाई २-४ गोलअन्तरले पराजीत गर्दै तालिम केन्द्र राजविराज विजयी भएको आयोजक समितिका शिवेन्द्र यादवले बताए। 
प्रतियोगितामा श्री श्री  १०८ श्री ठाकुर बाबा युवा क्लव तिररहुत ५   लोहजरा ,एमपी एफसी फुटबल क्लव तालिम केन्द्र राजविराज, तालतलैया फुटबल क्लव इटहरी सुनसरी, प्रोगेसिभ युवा क्लव सप्तकोशी नपा सप्तरी, एफसी फुटबल क्लव झुम्का सुनसरी, डिग्री फुटबल क्लव विराटनगर मोरङ्ग, सुन्दरपुर युवा क्लव उदयपु, वि एफसी युवा क्लव बेलडाँगी मोरङ्ग गरी ८ वटा टिम सहभागी रहेका छन्। 
प्रतियगितामा विजेता टीमलाई नगद ५१ हजार र उपविजेता टिमलाई नगद २५ हजार नगद पुरस्कारसहित शिल्ड, कप, मेडल, प्रमाण पत्र, प्रदान गरिने आयोजक समितिका संयोजक वडाध्यक्ष चौधारीले जानकारी दिए । 
बिहीवारको खेल तालतलैया फुटबल क्लव इटहरी सुनसरी र  प्रोगेसिभ युवा क्लव सप्तकोशी नपा सप्तरी वीच हुने आयोजक समितिले जनाएको छ ।