• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

स्करपिओ चोरीमा संलग्न अमन प्रहरी हिरासतबाट भागेका अभियुक्त भएको खुलासा

स्करपिओ चोरीमा संलग्न अमन प्रहरी हिरासतबाट भागेका अभियुक्त भएको खुलासा
न्यूज टुडे
राजविराज,२९ असोज । 
सप्तरीको विरेन्द्र बजारमा स्कारपिओ चोरी गर्ने क्रममा रंगेहात पक्राउ परेका सिरहा विष्णुपुर नपा ३ का २१ बर्षिय अमन यादव प्रहरी हिरासतबाट भागेको अभियुक्त भएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै यादव लागुऔषध मुद्दामा पक्राउ परी जेनजी आन्दोलनको क्रममा प्रहरी हिरासतबाट भागेको प्रतिवादी भएको खुलासा गरेको हो ।  
खैरो हिरोइन( ब्राउन सुगर ) मुद्दामा अनुसन्धानको क्रममा रहेका यादव प्रहरी बृत्त थानकोट हिरासत कक्षबाट जेनजी समुहले गरेको आन्दोलनको क्रममा भदौ २४ गते फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यादवलाई असोज २८ गते सप्तरीको रुपनी गाउँपालिका ६ स्थित विरेन्द्र बजारबाट पक्राउ गरि आवश्यक कारबाहीका लागि प्रहरी बृत थानकोट पठाइएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिए । 
गत आइतबार राती रुपनी गाउँपालिका ६ स्थित विरेन्द्र बजार निवासी विनय भगतको स्कारपिओ चोरी गर्ने क्रममा अमन संगै उनको भाइ सुमन यादवलाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका थिए ।