• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पत्रकार माझीमाथि हातपातमा संगाग्नलाई कडा कारबाहीको माग

पत्रकार माझीमाथि हातपातमा संगाग्नलाई कडा कारबाहीको माग
न्यूज टुडे
राजविराज,२८ असोज। 
नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य तथा राजधानी दैनिक र प्राइम टेलिभिजनका सप्तरी संवाददाता मनोजकुमार माझीमाथि समाचार संकलनको क्रममा भएको हातपात र दुर्व्यवहार गर्नेमाथि  कडा कारबाही माग गरिएको छ ।  नेपाल पत्रकार महासंघ सप्तरीद्वारा मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । 
महासंघ शाखा सप्तरीका अध्यक्ष श्रावण कुमार देवद्वारा जारी प्रेस विज्ञप्तिमा घटनाको निन्दा गर्दै घोर भर्त्सना गरेको छ । 
मिति २०८२ असोज २७ गते, शम्भुनाथ नगरपालिका–११ मा अदालतको आदेश कार्यान्वयन गराउने क्रममा एक व्यक्तिको जग्गामा घेराबेरा लगाउने काम भइरहेको विषयमा समाचार संकलनका लागि पुगेका पत्रकार माझीमाथि स्थानीय केही व्यक्तिले हातपात र दुर्व्यवहार गरेको घटना प्रति गंभीर ध्यानाकार्षण भएको विज्ञप्तिमा उल्लेख छ । 
अध्यक्ष देवद्वारा हस्ताक्षरित  विज्ञप्तिमा घटनाको घोर निन्दा र भर्त्सना गर्दै दोषीलाई छिटो पक्राउ गरी कानुन अनुसार कारबाही गर्न  जोडदार माग गरिएको छ। , “दिनरात नभनी जनतालाई सुसूचित गर्न अहोरात्र खट्ने पत्रकार रिपोर्टिङकै क्रममा हातपात र दुर्व्यवहारको शिकार हुनुले अराजकता मौलाएको पुष्टि हुन्छ।” विज्ञप्तिमा भनिएको छ
महासंघले पत्रकार माझीमाथि हातपात गर्ने व्यक्तिको पहिचान भइसकेको र जिल्ला प्रहरी कार्यालयमा जाहेरी समेत दर्ता भइसकेको भन्दै तत्काल न्यायिक कारबाही गर्न जोड दिएको छ। साथै, जिल्लामा पत्रकारिताको लागि सुरक्षित वातावरण सुनिश्चित गर्न सबै पक्षलाई आग्रह समेत गरिएको छ।
यसैबीच, क्नचनरु नगरपालिकामा तलब नपाएका शिक्षक र जनप्रतिनिधीबीच भइरहेको वार्ताको समाचार संकलनका क्रममा अवलोकित दैनिकका संवाददाता अनिश शेखमाथि नगर प्रमुख ललनप्रसाद गुप्ताले गालीगलौज गर्दै दुर्व्यवहार गरेको आरोप पनि सार्वजनिक भएको छ।
 शेखका अनुसार, नगर प्रमुख गुप्ताले नगर प्रहरीमार्फत उनले खिचेका फोटो र भिडियो जबर्जस्ती डिलिट गराएका थिए। पत्रकार महासंघले यस घटनालाई प्रेस स्वतन्त्रतामाथिको ठाडो उल्लंघन भन्दै कडा शब्दमा निन्दा गरेको छ।
,“प्रेस स्वतन्त्रतामा कुनै पनि हस्तक्षेप अस्वीकार्य छ।’ महासंघका अध्यक्ष श्रवणकुमार देवले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’आगामी दिनमा यस किसिमका गतिविधि नगर्न र पत्रकारमाथि हुने दमन अन्त्य गर्न सम्बद्ध पक्षलाई सचेत गराउँछौं।”
पत्रकार माझीलाई शम्भुनाथ नगरपलिका वडा नम्बर ११ का राजा कुमार साहको नेतृत्वमा रहेका २५ -३० जनाको समूहले आक्रमण गरेका थिए ।  आक्रमणकारीहरुले भिडियो खिच्दै गरेको पत्रकार माझीको मोबाइल खोसेर सडकमा बजारेका थिए भने प्रेस कार्ड नियन्त्रमा लिएर च्याती दिएका थिए ।