• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

खडकका प्रमुख प्रशासकीय अधिकृत सोनुको अनुपस्थितीले अन्योल :  आत्मालोचनासहित काममा फर्कन आग्रह 

खडकका प्रमुख प्रशासकीय अधिकृत सोनुको अनुपस्थितीले अन्योल :  आत्मालोचनासहित काममा फर्कन आग्रह 
न्यूज टुडे
राजविराज, २८ असोज।
सप्तरीको खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनु कार्यालयमा अनुपस्थित हुँदा कर्मचारीहरुको तलवभत्ता बारे अन्योलता उत्पन्न भएको छ । खडक नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी र नेपाल शिक्षक संघ वीच भएको सहमति अनुसार तलवभत्ता उपलब्ध गराउन नगरपालिककामा मंगलबार बोलाएको बैठकमा सोनु अनुपस्थित भएपछि तलवभत्तामा बारे अझै अन्योलता कायमै रहेको हो । 
प्रमुख प्रशासकीय अधिकृत सोनुलाई बोलाएर समस्या समाधानको प्रयास गर्दा अनुपस्थित भएकोले तलवभत्तासहितका भुक्तानी बारे कुनै निर्णय गर्न नसकिएको नगरप्रमुख जयप्रकाश चौधरीले वताए। 
‘प्रमुख प्रशासकीय अधिकृत सोनुको कार्यशैली विरुद्व कर्मचारीहरु पेन्दाउनसहित आन्दोलनमा थिए’ नगरप्रमुख चौधारीले भने’ कर्मचारीहरुलाई समन्वय गरी उपमेयर रिता कुमारी चौधारी र वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु र आन्दोलनरत कर्मचारीसंग वार्ता गरी समस्याको निकास खोज्ने प्रयास गर्दा प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित भएपछि कुनै निष्कर्षमा पुग्न सकिएन।’
प्रमुख प्रशासकीय अधिकृत सोनुको रवैयाको कारण कर्मचारी तथा सेवाग्राहीहरुमा असन्तुस्टी बढेको भन्दै उनले उनकै कारण नगरपालिकामा यस्तो परिस्थिति सिर्जना भएको आरोप लगाए।  आफ्नो कार्यशैली सुधार्नुभन्दा पनि अरुमाथि दोष थुपारेर जिम्मेवारीबाट पन्छिने गरेका कारण आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा केही महत्वपूर्ण निर्णयसहित पठाइएको उनले जानकारी दिए। 
शिक्षक कर्मचारीसंग भएको सम्झौता अनुसार आफुले कार्यान्वयनमा लान खोज्दा प्रमुख प्रशासकीय अधिकृत सोनुले असहयोग गरेको नगरप्रमुख चौधारीले गुनासाे गरे । 
प्रमुख प्रशासकीय अधिकृत सोनुले गत वर्षको कतीपय महत्वपूर्ण फायलमा हस्ताक्षर नगर्दा कर्मचारी तथा सेवाग्राही मर्कामा परेको नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले बताए।  उनका अनुसार सोनुलाई पटक पटक बैठकमा बोलाउँदा आउँदिन अर्कै हाकिम बोलाउनु भन्दै जवाफ फर्काउने गर्छन् । 
प्रमुख प्रशासकीय अधिकृत विरुद्व संघर्षमा उत्रीएका कर्मचारीहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिँदै सोनुलाई प्रशासनिक कमजोरी स्वीकार्दै जनतासंग आत्मालोचना गर्न आग्रह गरेका छन्। 
प्रमुख प्रशासकीय अधिकृत सोनु र नगरप्रमुख वीच भएको विवादका कारण दशैंको मुखमा समेत शिक्षक कर्मचारीहरु तलव भत्ताबाट वञ्चित हुनुपरेको छ । 
प्रमुख प्रशासकीय अधिकृत सोनुले नगर प्रमुख चौधारीले आफूलाई अख्तियारी नदिएको कारण नगरपालिकाको कामकाज प्रभावित भएको आरोप सार्वजनिक रूपमै लगाउँदै आएका छन्।