• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराज बसपार्क संचालनमा सहमति जुटेन

राजविराज बसपार्क संचालनमा सहमति जुटेन
न्यूज टुडे
राजविराज,२६ असोज। 
राजविराज बसपार्क सञ्चालन सम्बन्धि आईतबार बसेको बैठकमा सहमति नजुट्दा अझै अन्योल उत्पन्न भएको छ । राजविराज नगरपालिकाको आयोजनामा राजविराज २ स्थित बसपार्कमा यातायात व्यवसायी तथा सरोकारवाला वीच भएको बैठक निष्कर्ष विहिन टुंगिएको हो । 
बसपार्कबाट सवारी साधन संचालन गर्नुपर्ने प्रस्ताव यातायात व्यवसायीहरुले स्वीकार गर्दा सहमति जुट्न नसकेको बैठकमा सहभागी एक जेनजी प्रतिनिधिले बताए। उनका अनुसार सोमबार पुन: बैठक बस्ने गरी आईतवारको बैठक टुंगिएको छ । 
बसपार्क उद्घाटन भएपनि संचालनमा नल्याएको भन्दै जेनजी पुस्ताले अविलम्व संचालनमा ल्याउन दवाव दिएपछि नगरपालीकाले पहल शुरू गरेको थियो । 
जिल्ला प्रशासन कार्यालय सप्तरीमा बसेको सर्वपक्षीय बैठकले बसपार्क संचालन गर्ने  निर्णय पछि यातायात व्यवसायीसंग सहमतिको प्रयास गरेपनि सहमति नहुँदा अझै अन्योल बनेको छ ।