हलुवाई समाज सुरुङ्गा नगरपालिकाको प्रथम अधिबेशन सम्पन्न भएको छ । हलुवाई समाज सुरुङ्गा नगरपालिका तदर्थ समितिका अध्यक्ष जुगेश्वर साहको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष सत्रुधन साहको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक समारोहका वीच अधिबेशन सम्पन्न भएको हो ।
हलुवाई समाज सुरुङ्गा नगरपालिका का नवनिर्वाचित पदाधिकारीहरु । फोटो: न्यूज टुडे
सुरुङ्गा नगरपालिका ३ स्थित आयोजित कार्यक्रमलाई प्रमुख अतिथि केन्द्रीय अध्यक्ष साह, महासचिव शिवजी साह, संस्थापक महासचिव महेश साह, केन्द्रीय सदस्य रमेश साह,सप्तरी जिल्ला अध्यक्ष चन्देश्वर साह,सिरहा अध्यक्ष भरत साह,सुनसरी अध्यक्ष लक्ष्मी साह, धरान उपमहानगरपालिका अध्यक्ष बाबुलाल साहले हलुवाई समाजलाई आदिवासी जनजातिमा सुचिकृत गर्नुपर्नेमा जोड दिए ।
हलुवाई समाजको छुट्टै पहिचान भएकोले आदिवासी जनजातिमा सुचिकृत हुनुपर्ने उनीहरुको भनाइ थियो ।
अधिबेशनले महेन्द्र प्रसाद साहको अध्यक्षतामा १८ सदस्य नगर कार्य समिति गठन भएको संस्थापक महासचिव साहले बताए ।
समितिको उपाध्यक्षमा जगेश्वर साह, सचिवमा राजेन्द्र प्रसाद साह, सचिवमा राम प्रसाद साह र कोषाध्यक्षमा गीता कुमारी रहेका छन्।
यसैगरी समितिको सदस्यहरुमा विलु साह, बासुदेव साह, प्रियंका साह,नचुनी साह लगायतका छन्।