ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, क्षेत्रीय कार्यालय राजविराजले भव्यताको साथ २५ बर्ष पुगेको अवसरमा रजत जयन्ती मनाएको छ । सेवा केन्द्रको २५ औं स्थापना दिवसको अवसरमा राजविराजमा शनिबार एक भव्य समारोहको वीच रजत जयन्ती मनाएको हो ।
रजत स्मारिका विमोचन गर्दै प्रमुख अतिथि डा. दादी माँ सहित अतिथिगण। फोटो: न्यूज टुडे
सेवा केन्द्रकी राजविराज स्थित क्षेत्रीय कार्यालयकी मुख्य प्रभारी राजयोगीनी ब्रहमा कुमारी भगवती दिदीको अध्यक्षता तथा ब्रह्मकुमारीज नेपालकी निर्देशक राजयोगिनी डा. राज दादीमाँको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ब्रह्मकुमारीज नेपालकी निर्देशक राजयोगिनी डा. दादीमाँले रजत जयन्तीमा सहभागी हुन पाउँदा अत्यन्तै खुशी लागेको बताइन् । उनले राजविराजमा बारदली भवन निर्माण गरी शान्तिका लागि संगठित गराउन सहयोग पुगेको भन्दै सहयोगीहरुलाई धन्यवाद व्यक्त गरिन ।
कार्यक्रममा ब्रहमा कुमार राजयोगी किशोर भाइजीले १ करोड ६० लाखमा भवन निर्माण भएको तथा ४० लाखमा फर्निचरसहितका अन्य व्यवस्थापकीय सामाग्री गरि २ करोडको लगानीमा राजविराज केन्द्र संचालनमा रहेको बताए ।
कार्यक्रममा जसपा नेपालका प्रबक्ता मधेस प्रदेश सभा सदस्य मनिष कुमार सुमन, ब्रहमा कुमार राजयोगी ब्रहमा कुमार रामसिंह एयर, रामसुभक भाइजी,नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, राजयोगिनी रविना दिदी, सुशीला दिदी, मुख्य प्रशिक्षक राजु घले, दिपा दिदी,रमेश भाइजी रामचन्द्र भाइजी अमरपति भाइजीले शुभकामना मन्तव्य व्यक्त गरे ।
यसैगरी प्रज्ञा पीता ब्रह्म कुमारी इश्वरीय विश्वविद्यालय माउन्ट आबु राजस्थानका गिरिस भाइजी, दिल्लीकी खिरा दिदी, उधोगी व्यवसायी हरि बाबू, मधुसूदन देव लगायतकाले मन्तव्य व्यक्त गरे ।
रेडियो नेपालकर्मी नवीन दाहालद्वारा संचालित कार्यक्रममा स्वागत क्षेत्रीय कार्यालयका निर्देशक एबम् समाजसेवा विभाग प्रमुख ब्रहमा कुमारी राजयोगीनी रन्जु दिदीले गरिन भने धन्यवाद ज्ञापन प्रज्ञा पीता ब्रह्म कुमारी इश्वरीय विश्वविद्यालय माउन्ट आबु राजस्थानका सदानन्द भाइजीले गरेका थिए ।
उक्त अवसरमा विभिन्न क्षेत्रमा रहेर संस्थाको सर्वाङ्गीन विकासमा सहयोग पुर्याएको भन्दै जनप्रतिनिधि, पत्रकार, व्यवसायी तथा राजयोगी राजयोगीनी गरि दर्जनौं व्यक्तित्वल्लाई मायाको चिनो प्रदान गरी माला, पाग र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा साँस्कृतिक कार्यक्रम तथा रजत स्मारिका समेत विमोचन गरिएको थियो ।
सुभावना, सद्भावको संदेश प्रवाह गर्ने उद्देश्यले तनाव न्यूनीकरण गर्न राजयोग शिविर तथा रजत जयन्ती असोज २२, २३, २४ र २५ गते चार दिवसीय कार्यक्रम गरि मनाइएको छ ।
असोज २२ गतेदेखि राजविराज स्थित राज रंगशालामा दैनिक बिहान ७ देखि ९ र दिउँसो ३-५ बजेसम्म शिविर संचालन गरिएको थियो । राजविराजमा झाकी सहितको शान्ति र्याली प्रदर्शन गरिको थियो ।
रजत जयन्ती समारोहमा ब्रह्मकुमारीज नेपालकी सह निर्देशक तथा सिमाञ्चल एबम् जोगवनी सब जोन प्रभारी किरण दिदी, प्रज्ञा पीता ब्रह्म कुमारी इश्वरीय विश्वविद्यालय माउन्ट आबु राजस्थानका शिव भाईजी लगायतका नेपाल तथा भारतका विभिन्न स्थानका राजयोगी तथा राजायोगीहरुको उपस्थिती थियो ।