• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

फत्तेपुरको आर्यघाट विवाद चुलियो :  नगरपालिका र वडा कार्यालयमा तालावन्दी 

फत्तेपुरको आर्यघाट विवाद चुलियो :  नगरपालिका र वडा कार्यालयमा तालावन्दी 
न्यूज टुडे
राजविराज,२५ असोज। 
सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा रहेको  आर्यघाटको विवाद चुलिएको छ । दाहसंस्कार कार्यमा स्थानीयले अवरोध सिर्जना गरेपछि विवाद उत्कर्षमा पुगेको हो । 
विवाद चर्किएपछि सप्तकोशी नगरपलिका र वडा नम्बर १ को कार्यालयमा तालावन्दी समेत भएको छ ।आर्यघाटलाई  व्यास्थित गरि बिना अवरोध दाहसंस्कार  गर्न पाउनु पर्ने माग गर्दै स्थानीयले सप्तकोसी नगरपालिका र वडा नम्बर १ को कार्यलयमा शुक्रबार  तालाबन्दी गरेका छन् । बिगत केहि समय देखि आर्यघाट ब्याबस्थापनको बिषयलाइई लिएर स्थानीयहरु बिच विवाद हुदै आएको थियो । 
 बिहिवार सप्तकोसी नगरपालिका वडा नम्बर १ का  स्थानीय युवा मुकेश परियारको कलमा पानी चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएपछि शुक्रबार बिहान परियारको  शव वोकेर दाहसंस्कारका लागि आर्यघाट  पुगेका मलामीलाई आर्यघाट आसपासका  वासिन्दाले दाउरा झार्न  अवरोध गरेपछि विवाद चर्किएको थियो ।
विवादका बाबजुद लाश लिएर घाट पुगेका मलामीहरुले आर्यघाटमा दाउरा झार्ने ठाउँमा लगाएको बार भत्काएर आर्यघाटमा दाउरा झारेर चिता बनाउन शुरु गरिएपछि विवादले चर्को रुप लिएको थियो । 
 दुइ पक्ष बिच विवाद सिर्जना भएपछि स्थानीय र प्रहरीले स्थितिलाई सामान्य बनाउदै परियारको दाहसंस्कार गरिएको स्थानीय भानुभक्त भट्टराईले बताए।
दाहसंस्कार गर्न आर्यघाट पुगेका मलामी र आर्यघाट आसपासका स्थानीय बिचको विवाद पछि  आक्रोशित फत्तेपुरबासीले आर्यघाटको दिगो  ब्याबस्थापनको माग गरे । 
उनीहरूले गत भाद्र ३१ गते सप्तकोसी नगरपालिका र वडा नम्बर १ को कार्यलयमा ज्ञापनपत्र समेत बुझाएका थिए । 
आर्यघाट ब्याबस्थापन गरिदिन गरेको आग्रहलाई नगरपालिकाले बेवास्ता गरि स्थानीय सरकारले नै द्वन्द्व सिर्जना गरिदिएको भन्दै स्थानीयहरुले  सप्तकोसी  नगरपालिकाको कार्यालय र वडा नम्बर १ को कार्यालयमा तालाबन्दी गर्नु परेको स्थानीय नारायण खडकाले बताए ।  
सप्तकोसी नगरपालिकाका विभिन्न वडाका बासिन्दाहरुको मृत्युपछि गरिने अन्तिम दाहसंस्कार  गर्नको लागि  चन्द्र नहर सिचाइ प्रणाली निर्माण हुनु भन्दा अगाडि देखि आर्यघाटको रुप प्रयोग गरिदै आएको स्थानीयको दावी छ । 
आर्यघाट आसपासका केहि मान्छेहरुले बिरोध गरि लाश पोल्ने दाउरा लान नदिने तथा लास जलाउदै गर्दा अबरोध सिर्जना गरि मलामीहरु माथि समेत पटकपटक आक्रमणको प्रयास हुँदा समेत सरोकालारवा निकाय निकाय मौन बसेको उनीहरूको आरोप छ । 
 सप्तकोसी नगरपालिकाबासीहरुले प्रयोग गर्दै आएको आर्यघाटको उचित ब्याबस्थापन गरि आर्यघाटका लागि बिनियोजित बजेटलाई यथासिर्घ्र कार्यनयन गरिनु पर्ने, आर्यघाटको ब्याबस्थापन नहुनजेल सम्मको लागि चलिआएको आर्यघाटमा सहजरूपमा दाहसंस्कार गर्ने ब्याबस्थापन गरिनु पर्ने,त्रियुगा नदिको उत्तर दक्षिण तर्फका जग्गा र चन्द्र नहरका जग्गाको मापदण्ड यकिन गर्नुपर्ने माग उनीहरूको छ । 
 आर्यघाटमा सहजरुपमा दाहसंस्कार गर्ने बाताबरण बनाइ दिन लिखित तथा मौखिकरुपमा  सहजीकरण गरि दिन आग्रह गरेता पनि हाल सम्म कुनै पनि निकास ननिस्किएको र आर्यघाटमा दाउरा लाने बाटो बन्द भए पछि बाध्य भएर बार भत्काएर दाउरा लानु परेको स्थानीय पारस दहालले बताए। 
दहालका अनुसार परापुर्वकाल देखि संचालनमा रहेको आर्यघाट आसपासमा पछि बस्ति बसाइ आर्यघाटमा दाहसंस्कार गर्नु नदिनु अबरोध गर्नु मलामीहरुमाथि आक्रमणको प्रयास गर्नु लगायतका कार्य निन्दनीय रहेको बताए।
 उनले यसको दीर्घकलीन समस्याको समाधान स्थानीय सरकारले गरी आर्यघाटको ब्याबस्थापन गरि सामाजिक सद्भाव कायम गरिनु पर्ने जोड दिए । 
 ‘हडवान क्षेत्र  हामी सबैको भएकाले पर्यटकीय क्षेत्र संरक्षण गर्नु हाम्रो पनि दायित्व भएकाले यो टोल थियो टोल नभनी सबै मिलेर संरक्षण गर्दै आएका छौ’ उनले भने,’फेरीपनि गर्न तयार छौं,टोल टोल बिच विवाद नगरी एक भएर सामाजिक सद्भाव कायम गर्दै अगाडि बढौं ।’ 
आर्यघाटको बिषयलाई लिएर सप्तकोसी नगरपालिका र वडा कार्यलयमा शुक्रबार तालाबन्दी भए पछि दिनभर नगरपालिका र वडा कार्यलयको कामकाज प्रभावित भएको स्थानीय सुरज खड्काले बताए।
 नगरप्रमुख कृष्णप्रसाद ढकालले आर्यघाटको बिषयलाई लिएर तालावन्दी गरेको भन्दै दुःख व्यक्त गरे । 
‘पटकपटक विवाद हुदै आएकोले आर्यघाटको दीर्घकालीन ब्याबस्थापन गरि समस्याको समाधानको लागि नगरपालिका लाग्दा लाग्दै आज जुन घटना हुन पुग्यो त्यस प्रति म र नगरपालिका दुखिद रहेको छौं ‘ नगरप्रमुख ढकालले भने,’ सम्पुर्ण  नगरबासिलाई मेरो अनुरोध छ आर्यघाटको दिगो ब्याबस्थापनमा नगरपालिका लागि रहेकाले सामाजिक सद्भाव कायम गर्दै समाजदारीमा अगाडी बढ्न आग्रह गर्दछु।’
 सदिऔं देखि चल्दै आएको  आर्यघाटको दिगो ब्याबस्थापन गर्नको लागि नगरपालिकाले ७ करोडको लागत स्टिमेट सहितको  डिपिआर तयार गरि त्रियुगा मोक्षधामको रुपमा  आर्यघाट ब्याबस्थापनको लागि यो आब. को लागि ८७ लाख बजेट समेत बिनियोजन गरिसकिएकोले आपसी सहमतिमानै आर्यघाटको दिगो ब्याबस्थापन गरिने उनले बताए।
बार्ता सम्बादको माध्यमबाट नै समस्याको समाधान गरि तत्कालीन आर्यघाटलाई ब्याबस्थित  गर्दै सामाजिक सद्भाव कायम गर्ने गरि पबित्र  त्रियुगा किनारमा धार्मिक तिर्थस्थल  तथा पर्यटकीय स्थलकोरुपमा परिणत गर्न त्रियुगा मोक्षधाम निर्माण गर्न लागिएको नगर प्रमुख ढकालले बताए । 
आफु काम विशेषले काठमाडौ आएको र काठमाडौबाट फर्किएपछि विवादित बिषयलाइ समाधान गर्ने उनले बताए। त्रियुगामोक्षधाम निर्माण संगै आर्यघाट ब्याबस्थापन विभिन्न धार्मिक कार्य तिथि ,श्राद,पुराण,भजनकृतन लगायतका कार्यहरु सम्पन्न गर्न  मिल्ने गरि डिपिआर तयार गरिएको नगरप्रमुख ढकालले बताए।
आर्यघाट ब्याबस्थापन नहुनजेल सम्मको लागि साबिककै  ठाउँमा खोलाबाढी आएको बेला पनि दाहसंस्कार गर्न मिल्ने गरि अस्थायी ब्याबस्थापन गरि सहजरुपमा दाहसंस्कार गर्ने बाताबरण मिलाउनको लागि स्थानीय सरकार कटिबद्ध रहेको उनको भनाइ छ । 
उनले सहज बाताबरणका साथ दाहसंस्कार गर्ने बाताबरण सिर्जना गरि सहयोग गरिदिनु हुन सम्पुर्ण नगरबासीहरुमा आग्रह गरे ।  
नगर प्रमुख ढकालले नगरमा कुनै समस्या आए एक- आपसमा बार्ता सम्बादको माध्यमबाट समस्यको समाधान खोज्न नगरपालिका प्रतिबद्ध रहेको र बार्ता सम्बादको माध्यमबाट समाधान खोज्न समेत नगरबासीसबैलाई  आग्रह गरे ।