• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जेनजी पुस्ताको दवाव पछि राजविराज बसपार्क संचालनमा ल्याउने तयारी

जेनजी पुस्ताको दवाव पछि राजविराज बसपार्क संचालनमा ल्याउने तयारी
न्यूज टुडे 
राजविराज,२४ असोज ।
जेनजी पुस्ताको दवाव पछि राजविराज २ राजदेवी चोकमा निर्माण गरिएको बसपार्क संचालनमा ल्याउने तयरी गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय सप्तरीमा शुक्रबार बसेको सरोकारवालाहरूको संयुक्त बैठकले राजविराज बसपार्कबाट सबारी साधन संचालन गर्ने निर्णय गरेको हो । 
निर्माण भएर उद्घाटन भैसक्दा समेत बसपार्क संचालनमा नल्याएको भन्दै जेनजी पुस्ताका युवाहरुले बसपार्क अविलम्व संचालनमा ल्याउन दवाव दिएका थिए । उनीहरूले बिहीवार बसपार्कको निरीक्षण गर्दै ३ दिन भित्र बसपार्क सञ्चालन नल्याए शसक्त आन्दोलन गर्ने चेतावनी दिएको थियो । 
सरोकारबाला, यातायात व्यवसायी एबम् जेनजी प्रतिनिधिहरु समेतको उपस्तिथिमा बसेको बैठकले बसपार्क शनिबारबाटै संचालनमा ल्याउने सहमति भएको वैठकमा सहभागी एक जेनजी पुस्ताका प्रतिनिधिले बताए। बसपार्क संचालनको तयारीका लागि शनिबार बिहान बसपार्कमा सम्पुर्ण सरोकारबालाको उपस्तिथिमा बैठक बस्ने निर्णय भएको उनले जानकारी दिए ।
 बैठक पछी तत्कालै बसपार्कबाट सबारी संचालनमा ल्याउने सहमति भएको राजविराज नगरपालिकाकी कार्यबाहक प्रमुख इसरत परविनले बताइन् ।
गत जेठ १५ गते उद्घाटन भएपनि अहिलेसम्म बसपार्क संचालनमा नआउँदा राजविराजका मुख्य सडक तथा पेटीमा सवारी साधन पार्किंग गर्दा सडक अस्तव्यस्त हुने गरेका छन्।