• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

ट्रकक्रेनको ठक्करबाट चौधारीको घटना स्थलमै मृत्यु 

ट्रकक्रेनको ठक्करबाट चौधारीको घटना स्थलमै मृत्यु 
न्यूज  टुडे
राजविराज, २४ असोज।
पूर्वपश्चम राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ स्थित चाँदनी चौकमा शुक्रबार ट्रकक्रेनको ठक्करबाट एक बृद्धको मृत्यू भएको छ ।  चाइनिज रेल्वे इन्जिनेरिङ्ग ग्रुप पूर्वी क्याम्प सिंगापुरका ट्रकक्रेनको ठक्करबाट स्थानीय ८६ वर्षिय बमभोल चौधारीको घटना स्थलमै मृत्यू भएको हो । 
दुर्घट्ना पछि सडकमा रोकिएको सवारी साधन। फोटो: न्यूज टुडे
बेहाई पुल नजिक (डोजर) स्काभेटर बोकेर गाडी पूर्वबाट पश्चिम तर्फ पछाडी सार्दै गरेको ना १ अ यो १८६ नम्बरको ट्रकक्रेनले सोही दिशा बाट जाँदैं गरेका साइकलमा सवार चौधारीलाई ठक्कर दिएको स्थानीय प्रत्यक्ष दर्शीहरुले बताए। 
साइकलमा सवार चौधारीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
आफ्नै साइडमा रहेको चौधारीलाई चालकको लापरबाहीले गर्दा दुर्घटना भएको भन्दै आक्रोशित स्थानीयबासी तथा आफन्तजनले पूर्वपश्चिम राजमार्ग अवरोध गरेका छन्। 
लपरबाही गर्ने चालकलाई कारबाही गर्नुपर्ने तथा क्षतिपूर्तिको माग गर्दै दिउँसो ०३  : ५०  देखि भएको चक्का जाम यो समाचार तयार पार्दा सम्म कायमै रहेको थियो । 
बन्दका कारण सयौ सवारी साधन सडकमै रोकिदा हजारौं यात्रु सडकमै अलपत्र परेका छन् भने सडक खोल्न स्थानीय प्रहरी,जनप्रतिनिधि र मृतकका आफन्त वीच छलफल भई रहेको स्थानीयले जनाएको छ । 
दुर्घटना स्थलमा इलाका प्रहरी कार्यलय कञ्चनपुरका प्रमुख डिएसपी माधव प्रसाद काफ्ले नेतृत्वको प्रहरी टोली खटि समन्वयको प्रयास भई रहेको प्रहरीले जनाएको छ ।