रामनाथ यादव
राजविराज , २१ असाेज
सप्तरीको महादेवा गाउँपालिका २ मा अवस्थित अंकुरी महादेव मन्दिर विकास समितिको प्रथम वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । समितिका अध्यक्ष सूर्यनारायण अधिकारीकाे अध्यक्षता एबम् महादेवा गाउँपालिका २ का अध्यक्ष जागेश्वर प्रसाद ईसरको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हाे ।
साधारण सभा समितिका अध्यक्ष सूर्यनारायण अधिकारीले प्रगति तथा सांगठानिक प्रतिवेदन र भावी नीति तथा कार्यक्रम प्रस्तुत गरे । उनका मन्दिरमा अनुसार दुई सय २३ साधारण सदस्य र ६९आजीवन गरी दुई सय ९२ जना सदस्य छन् । आगामी तीन वर्षमा साधारण सदस्य पाँच सय र आजीवन सदस्य एक सय ५१ गरी ६ सय ५१ जना पुर्याउने लक्ष्य रहेको प्रतिवेदनमा मन्दिरमा आउने भक्त जनहरुको मागअनुसार मन्दिर प्रांगणका पसलमा मूल्यसूची टाँस गर्ने तथा मन्दिरको आम्दानी रकम राष्ट्रिय वाणिाज्य वैक हनुमाननगर वैककाे खातामा जम्मा गर्ने उल्लेख छ ।
समितिका अध्यक्ष अधिकारीले दानपेटी, ब्रतबन्ध, विवाह, मुण्डन,मन्दिरकाे जग्गा आम्दानीवाट पूजापाठ ,पुजारी खर्च , मन्दिर मर्मत गरेकाे वताए ।
उनले भक्तजनहरुले चढाएकाे भेटी लगायत शीर्षकबाट आम्दानी गरेको बताउँदै मन्दिर क्षेत्रलाई पुर्णरुपमा धुम्रपान र मद्यपानमुक्त बनाउन पर्नेमा जोड दिए ।
वक्ताहरुले यज्ञ यज्ञादि कर्म गर्ने स्थलमा धुम्रपान र मद्यपान गर्नु नहुने तथा दानपेटिका र भेटीको पैसा व्यवस्थित राख्न सुझाव दिए । उनले अंकुरी महादेव मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रुपमा वृद्धि विकास गर्नुपर्ने जोड दिए ।
कार्यक्रममा मन्दिर विकास समितिका पूर्व अध्यक्ष भाेगेन्द्र राउत, स्वास्थ्य संयाेजक वृहस्पति राम , समाजसेवी जगत पैकरा,देव नारायण विश्वास , वद्री नारायण माझी, मकुम साह,कुन्दन राउत,साधुशरण पैकरा, राजदेव मण्डल,दिपक कुमार माझी, महेन्द्र प्रसाद ईसर, दुर्गा प्रसाद ईसर,चन्द्रदेव खंग,मालती साह लगायतले मन्तव्य व्यक्त गरे ।
मनिलाल माझीद्वारा संचालित कार्यक्रममा स्वागत रतिलाल ईसरले गरे ।