इन्टेलेक्चुअल फाउण्डेशन नेपालको दोस्रो साधारण सभा सम्पन्न भएको छ । इन्टेलेक्चुअल फाउण्डेशन नेपालका अध्यक्ष डा. सूर्य प्रसाद यादवको अध्यक्षता तथा लुम्बिनी विश्वविद्यालयको पूर्व रजिष्ट्रार प्राडा. पिताम्बर यादवको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक समारोहका वीच साधारण सभा सम्पन्न भएको हो ।
साधारणसभामा सहभागीहरु। फोटो: न्यूज टुडे
कार्यकममा प्रमुख अतिथि प्र डा . यादव,विशिष्ट अतिथिहरू डा. दिपक चौधरी, नेपाल प्रज्ञा-प्रतिष्ठानका उप-प्रमुख अशोक चौरसिया, मधेश प्रज्ञा-प्रतिष्ठानका संचालक समिति सदस्य दिनेश प्रसाद यादव, राजविराज नगरपालिकाका योजना प्रमुख मनोज यादव, बोदेबर्साइन नगरपालिकाका शिक्षा शाखा प्रमुख रामसागर यादवले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा डा. दिपक चौधरीले जेनजी आन्दोलन र वर्तमान अवस्थामा शैक्षिक सुधारको बाटो विषयमा कार्यपत्र प्रस्तुत गरे ।
उक्त साधारण सभाले पुनः डा. सूर्य प्रसाद यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको जनाइएको छ ।