काठमाडौमा सोमबार भएको नरसंहारको विरुद्ध सप्तरीमा मंगलबार जेनजी ( १२ बर्षदेखि २८ बर्ष मुनी उमेर समुह) का आन्दोलन चर्कीएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गर्दै फत्तेपुर, भारदह, कंचनपुर र महुलीमा जेनजीले विहानदेखि आन्दोलन जारी राखेको हो ।
जीनजी समुहले गरेको विरोध प्रदर्शन पछि पूर्वपश्चिम राजमार्ग स्थित महुलीमा सडकमै रोकिएको सवारी साधन । फोटो: न्यूज टुडे
‘केपी चोर देश छोड, शेरे चोर देश छोड, हत्यारा सरकार मुर्दावाद, नालायक सरकार मुर्दावाद,प्रधानमन्त्री केपि शर्मा ओली राजिनामा दे, भ्रष्टचारी सरकार मुर्दावाद, यूवा मार्न पाईदैन, प्रहरी दमन मुर्दावाद, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री ओलीलाई जेल हाल’ लगायतका सरकार विरुद्ध चर्का नारा लगाउंदै यूवाहरु सडक उत्रिका छन् ।
युवाहरू विहानैदेखि सडकमा उत्रीएपछि पूर्वपश्चिम राजमार्ग भएर चल्ने छोटो तथा लामो दुरीको सवारी साधन पूर्ण रुपले ठप्प भएको छ ।
प्रधानमन्त्री केपी ओलीले राजिनामा नदिएसम्म र गृहमन्त्री र प्रधानमन्त्रीलाई जेल नहालेसम्म आन्दोलन जारी राख्ने जेनजी आन्दोलनका सहभागीहरुले बताएका छन् ।
शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए थप सशक्त आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी समेत दिएका छन् ।