न्यूज टुडे
राजविराज, ३१ साउन ।
सप्तरीको खडक नगरपालिका ९ स्थित लालपट्टीमा शुक्रबार सर्पदंशबाट एक जनाको मृत्यु भएको छ । स्थानीय ७० वर्षीया भुलुरबती साहको सर्पदंशबाट मृत्यु भएको हो ।
साँझ करिब ६ बजे आफ्नै खेतमा पानी पठाउने क्रममा उनलाई सर्पले डसेको प्रहरीले बताएका छन् ।
प्रहरीका अनुसार सर्पले बायाँ हातमा टोकेर घाइते बृद्वालाई तत्कालै श्रीबरख गण सर्पदंश उपचार केन्द्र, कल्याणपुर पठाएको र सामान्य उपचारपछि थप उपचारका लागि सिराहाको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल लगिएको थियो ।
उपचारको क्रममा राति नै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतक साहको शव परिक्षणको लागि अस्पताल पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरीको प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।