• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
डाक्नेश्वरीमा एक शिक्षक मृत भेटियो
न्यूज टुडे
राजविराज, ०९ साउन । 
सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ कुशहामा शुक्रबार एक शिक्षक मृत भेटिएका छन् । स्थानीय चन्देश्वर रायको छोरा बर्ष २७ को रामकिसुन राय  मृत फेला परेका हुन् । 
विहिबार बेलुकी ६ बजे घरबाट निस्की हराएका राय सोही ठाउँको कोशी नहरको छेउमा शुक्रवार विहान ०६:३० बजे मृत फेला परेको प्रहरीले जनाएको छ ।  रातभरी परिवारको सम्पर्कमा नआएपछि आफन्त तथा स्थानीयबासीले खोजतलास गर्ने क्रममा रायलाई मृत अवस्था देखेपछि  स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 
प्रहरीलाई खबर हुनसाथ इलाका प्रहरी कार्यालय पातो र इलाका प्रहरी कार्यालय कल्याणपुरको  संयुक्त प्रहरी टोली खटी अनुसन्धान अगाडि बढाइएको सप्तरीका प्रहरी प्रमुख एसपी गौतम कुमार केसीले जानकारी दिए ।  
घटना स्थलमा प्रहरी टोली खटी कानूनी प्रक्रिया पूरा गरि मृतक रायको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको एसपी केसीले बताए ।