• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

टेङ्ग्रीमा एकसय केभीको ट्रान्सर्फमर जडान

टेङ्ग्रीमा एकसय केभीको ट्रान्सर्फमर जडान
रामसेवक मण्डल
अग्नीसाइर कृष्णासवरन,०५ साउन।
सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिका वडा नम्बर ४ टेङ्गरीमा सोमबार १०० केभीको ट्रान्सर्फमर जडान गरिएको छ ।  पचिस केभीको ट्रान्सर्फमरले विधुत आपूर्तिमा समस्या आएपछि बढी क्षमता भएको ट्रान्सर्फमर जडान गरिएको हो । 
 ट्रान्सर्फमर जडान भएसंगै लामो समयदेखि झेल्दै आएका कम भोल्टेजको समस्याबाट मुक्ति पाएको स्थानीयहरुले बताए ।  कम क्षमताको ट्रान्सर्फमरका कारण स्थानीयवासीले भोल्टेज कम भएर विद्युत आपूर्तिमा समस्या भोग्दै आएका थिए।
 स्थानीयको समस्यालाई मध्यनजर गर्दै वडाध्यक्ष तेजनारायण यादवको पहलमा नेपाल विद्युत प्राधिकरण कंचनपुर वितरण केन्द्रले ट्रान्सर्फमर सहयोग गरेको स्थानीयले बताएका छन् । 
 स्थानीयको माग तथा समस्यालाई मध्यनजर गरी टेङ्गरीमा रहेको २५ के.भी क्षमताको ट्रान्सफर्मर प्रतिस्थापन गरी १०० के.भी क्षमताको नयाँ ट्रान्सफर्मर जडान गरिएको कंचनपुर वितरण शाखाका प्रमुख इन्जिनियर अरुण कुमार साहले बताए । नयाँ ट्रान्सफर्मर जडानसँगै गाउँमा विद्युत आपूर्तिमा सुधार  आउने उनले विश्वास व्यक्त गरे । 
 ट्रान्सर्फमर जडान भएपछि लामो समयदेखिको भोल्टेजको समस्या पनि समाधान भएको स्थानीयले जानकारी गराएका छन् ।