• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

हामी कहाँ सामान्यतया जेठको अन्त्यतिर देखि मनसुन सक्रिय रहने गर्दछ । उक्त समयबाट सुरु भएको वर्षायाम चार महिनाजति रहने गरेको छ ।
मनसुन सक्रिय भएपछिको वर्षाले ठाउँठाउँमा सडक अवरुद्ध हुने, बाढी पहिरोको जोखिम बढी रहने गरेको कुरा सबैले महसुस गरेकै विषय हो । तर यस पटक मनसुन अगावैको सामान्य वर्षाले पनि मुलुकका विभिन्न ठाउँमा सडक अवरुद्ध हुने अवस्था भएको छ । कतै बस नै बगेको छ भने विभिन्न राजमार्गमा डाइभर्सन भत्काएर, लेदो सहितको बाढी आएर आवागमन रोकिन पुगेको छ । सधारण वर्षामै सडक यातायात अबरुद्ध हुन थालेपछि मनसुन सक्रिय भए पश्चातको अवस्था कस्तो रहला ? उक्त अवधिमा आवागमन कसरी सुचारु राख्न सकिएला भन्ने चुनौतितर्पm वर्तमान अवस्थाले संकेत गरेको रुपमा बुझ्नु पर्ने आवश्यकता छ । अहिले नै वर्षायाम सुरु भईसकेको अवस्था होईन । तथापि केही साता पछि मनसुन सक्रिय हुने भएका कारण त्यसको सामनाका लागि पूर्वतयारीमा जुट्नका लागि यसले संकेत गरेको रुपमा लिन चाही आवश्यक छ । वर्षामा यातायात चल्ने व्यवस्थाका लागि अझै पनि केही साता काम गर्न सकिने समय रहेका कारण बाढीको जोखिम रहेको सडक खण्डमा मर्मत सम्भारबाट लगायतका कामलाई तिब्रता दिन जरुरी छ ।
यसैगरी लेदोसहितको बाढीले वर्षामा सडक अवरुद्ध गर्ने भएका कारण ती स्थानमा लेदो हटाउने, फँसेका सवारी साधन निकाल्ने लगायतका आवश्यक उपकरणहरु तयारी अवस्थामा राख्नु उपयुक्त हुनेछ । मनसुन अगावैको संकटले आगामी दिनका लागि अझै तयारीमा जुट्न आवश्यक छ भन्ने सन्देश दिएको रुपमा बुझ्नू नै उत्तम हुनेछ ।