सप्तरीमा क्यान्सर विरुद्धको ‘एचपिभि’ खोप लगाउन सुरु गरिएको छ । सप्तरीको रुपनी गाउँपालिका १ स्थित मावि रायपुरमा बुधबार आयोजित एक समारोहका वीच खोप अभियानको उद्घाटन गरिएको हो ।
जिल्ला खोप अभियान उद्घाटन कार्यक्रममा बोल्दै जिसस प्रमुख साह । फोटो : न्यूज टुडे
स्वास्थ्य तथा समन्वय इकाई कार्यालय सप्तरीका प्रमुख देवनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिती सप्तरीका पमुख शिवनारायण साहले स्वास्थ्यकर्मीलाई खोप कीट हस्तान्तरण गरि खोप अभियानको उद्घाटन गरे ।
खोप अभियानको उद्घाटन गर्दै प्रमुख साहले तोकिएको मापदण्ड अनुसार खोप लगाउनुपर्नेमा जोड दिए । उनले कक्षा ६ देखि दश कक्षासम्मका छात्राहरु र बाहिर रहेको दश वर्षदेखि चौध वर्ष सम्मका किशोरीहरुलाई नछुटाई खोप लगाउन आग्रह गरे । रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले खोप अभियानमा स्वास्थ्यकर्मीसहित जनप्रतिनिधिहरुलाई सक्रिय हुन आग्रह गरे । उनले खोप लगाउने क्रममा कुनै किसिमको समस्या भएमा गाउँपालिकाले तुरुन्तै उपचारको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे ।
स्वास्थ्य कार्यालय प्रमुख देवनाथ झाले जिल्लामा ४ सय ५० खोप केन्द्रहरुबाट ३७ हजार ७ सय १ जना किशोरीहरुलाई पाटेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप लगाउने लक्ष्य रहेको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दहाल,सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारी,मावि रायपुरका प्रधानाध्यापक पर्शुराम यादव, पत्रकार मनोज माझी,नर्मदेव यादव, रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारणी प्रसाद यादव, रुपनी गाउँपालिका १ नम्बर वडाकी अध्यक्ष लिला यादव, स्वास्थ्य संयोजक रामनारायण यादवलगायतका स्थानीय जनप्रतिनिधि, विभिन्न पार्टी प्रतिनिधि, विभिन्न स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि,कर्मचारीहरुको उपस्थिति थियो ।
कार्यक्रम संचालन स्वास्थ्य तथा समन्वय इकाई कार्यालय सप्तरीका अधिकृत जागेश्वर खड्गाले गरेका थिए ।