न्यूज टुडे
राजविराज, १२ असोज ।
“सप्तरी शैक्षिक विचार मन्थन” विषयक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम राजविराजमा शनिबार सम्पन्न भएको छ । इन्टेलेक्चुअल फाउन्डेसन नेपाल राजविराजद्वारा एकदिवसीय मधेस प्रदेश शैक्षिक जागरण अभियान अन्तर्गत “सप्तरी शैक्षिक विचार मन्थन” तथा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।
इन्टेलेक्चुअल फाउन्डेसन नेपालका अध्यक्ष एवम् प्रज्ञा प्रतिष्ठानका सदस्य डा.सुर्यप्रसाद यादवको अध्यक्षता तथा पूर्व प्रमुख निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादवको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा सिनेट सदस्य सह प्राध्यापक डा.शिवनारायण यादव, मधेस कृषि विश्व विद्यालयका रजिस्टार डा. श्री भगवान ठाकुर, राजविराज नगरपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्र प्रसाद यादव, मविव क्याम्पसका सह प्राध्यापक डा. सुनिल कुमार शर्मालगायतका शिक्षा क्षेत्रका प्रबुद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शिक्षा क्षेत्रमा भएको बेथिति तथा गर्नुपर्ने सुधारको बारे शिक्षा विज्ञहरुको विचार र सुझाव संकलन गरिएको आयोजकले जनाएको छ ।