न्यूज टुडे
फत्तेपुर, १४ असार ।
राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा सप्तरीको सप्तकोशी नगरपालिकामा शुक्रबार बृक्षारोपण गरिएको छ । राष्ट्रिय बृक्षारोपण दिवस २०८१ सप्ताहको पहिलो दिन रक्तामाला नमूना सामुदायिक बन उपभोक्ता समुहले बृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।
सामुदायिक वन क्षेत्र भित्र विभिन्न प्रजातिका दुइ हजार बिरुवा रोपी बृक्षारोपण सप्ताह सुरु गरिएको रक्तमाला नमूना सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष इन्द्रप्रसाद लुइँटेलले जानकारी दिए।
तेजपत्ता,अर्जुन छाल,बर्रो,हर्रो,अमला लगायतका विभिन्न प्रजातिका जडिबुटीका बिरुवा रोपिएको उनले बताए ।
उपभोक्ता समूहका अध्यक्ष ईन्द्र प्रसाद लुइटेलको अध्यक्षता तथा सप्तकोशी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निबर्तमान नगरप्रमुख उत्तमकुमार शर्मा, उपप्रमुख रीताकुमारी चौधरी, सप्तकोशी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष,रोहिणी प्रसाद पोखरेल, डिभिजन वन कार्यलय सप्तरीका प्रमुख सुभाष चन्द्र दास, डिभिजन वन कार्यालय सप्तरीका कर्मचारी, सामुदायिक बनका पदाधिकारी र उपभोक्ताहरुको उपस्थितिमा वृक्षारोपण गरिएको जनाइएको छ ।