नर्मदेव यादव
रुपनी, ५ फागुन ।
सप्तरीको रुपनी गाउँपालिकाद्वारा आयोजित गाउँपालिका स्तरीय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जारी रहेको छ । गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयका छात्रछात्रा सहभागी प्रतियोगिता दोश्रोदिन शनिबार समेत जारी रहेको हो ।
प्रतियोगितामा ४ सय रिले दौडमा छात्र तर्फ मावि तेरहौता प्रथम, मावि कटैया दोश्रो र मावि नकटी रायपुरले तेश्रो स्थान हाँसिल गरेको छ । यसैगरी सोही रिले दौडमा छात्रातर्फ मावि तेरहौता प्रथम, मावि बसविट्टी दोश्रो र मावि नकटी रायपुरले तेश्रो स्थान हाँसिल गरे ।
यसैगरी हाईजम्फमा छात्रतर्फ मावि नकटी रायपुर प्रथम, मावि तेरहौता दोश्रो र मावि कटैया तेश्रो भएको छ भने छात्रातर्फ मावि बसवट्टी प्रथम,मावि नकटी रायपुर दोश्रो र मावि तेरहौताले तेश्रो स्थान हाँसिल गरेका छन् ।
यसैगरी लङजम्पमा छात्रातर्फ मावि कटैया प्रथम, मावि नकटी रायपुर दोश्रो र मावि तेरहौता तेश्रो भए भने छात्रतर्फ मावि नकटी रायपुर प्रथम, मावि तेरहौता दोश्रो र मावि कटैयाले तेश्रो स्थान हाँसिल गरेका छन् ।
यस्तै २०० मिटर दौडमा छात्रतर्फ मावि नकटी रायपुर प्रथम, मावि कटैया दोश्रो र मावि बसविट्टी तेश्रो भए भने छात्रतर्फ मावि कटैया प्रथम मावि नकटी रायपुर दोश्रो, र मावि बसविट्टीले तेश्रो स्थान हासँल गरेका छ्न ।
यसैगरी सटपुटमा छात्रातर्फ मावि नकटी राउपुर प्रथम, मावि तेरहौता दोश्रो, मावि बसविट्टी तेश्रो भए भने छात्रतर्फ मावि रायपुर प्रथम, मावि कटैया दोश्रो र मावि तेरहौताले तेश्रो स्थान हाँसिल गरेको आयोजक समितीका संयोजक शैलेन्द्र मण्डलले जानकारी दिए ।
उक्त अवसरमा जिल्ला समन्वय समिती सप्तरीका उपप्रमुख शम्भु कुमार यादव, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, प्रमुख प्रशासकीय अधिकृत तारणी प्रसाद यादव, वडा नम्बर ६ का अध्यक्ष बद्रीनारायण सरदार, विद्यालय व्यवस्थापन समितिका महासचिब दुर्गानन्द ठाकुर, रुपनी १ का पुर्व वडा अध्यक्ष पिताम्वर यादव ,शिक्षा संयोजक रामलखन यादवलगायत विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, विद्यार्थी, अभिभावकहरुको उपस्थित रहेका थिए ।
,